१८ सांसदका लागि भोलि निर्वाचन
काठमाडौं । राष्ट्रियसभामा रिक्त १८ सांंसद पदका लागि भोलि निर्वाचन हुने भएको छ । सातमध्ये ६ ओटा प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत रहेको र प्रदेश २ मा पनि राष्ट्रिय जनता पार्टी (राजपा) स“ग नेकपाको गठबन्धन बनेकाले राष्ट्रियसभा निर्वाचनमा सबैतिर नेकपा विजयी हुने निश्चित जस्तै देखिन्छ । सबैतिर पराजय हुने निश्चित हु“दाहु“दै कांग्रेसले भने संघीय समाजवादी फोरमस“ग गठबन्धन बनाएर औपचारिकता लागि मात्र उम्मेदवारी दिएको राजनीतिक वृत्तमा चर्चा हु“दै आएको छ ।
घटनाक्रममा अन्यथा विकास नभए राष्ट्रिय सभाको आसन्न चुनावमा १८ मध्ये १६ सिट नेकपा एक्लैले र बा“की दुई सिट राजपाले जित्नेछ । यद्यपि, कांग्रेसले पनि ६ प्रदेशमा एक्लै र प्रदेश २ मा संघीय समाजवादी फोरमस“ग मिलेर उम्मेदवारी दर्ता गराएको छ । यसअनुसार अहिले राष्ट्रियसभामा रहेको सिटमध्ये कांग्रेसले सात र समाजवादीले एक सिट गुमाउनेछन् । राष्ट्रिय सभामा रहेका नेकपाका ३९ मध्ये आठ, कांग्रेसको १३ मध्ये सात, राजपाका दुईमध्ये दुईजना नै र समाजवादीका दुईमध्ये एकजनाको दुईवर्षे पदावधि फागुन २० गते सकिन लागेपछि ती पदपूर्तिका लागि चुनाव हुन लागेको हो । राष्ट्रियसभाका लागि प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । तीमध्ये स्थानीय तहको मतभार १८ र सांसदको मतभार ४८ रहेको छ ।
प्रदेश १ मा नेकपाका तर्फबाट गोपी अछामी, देवेन्द्र दाहाल र इन्दु गौतम उम्मेदवार छन् । त्यस्तै, कांग्रेसबाट नीरबहादुर विश्वकर्मा, मीना पुलामी मगर र राजेन्द्र घिमिरेको उम्मेदवारी छ । त्यस्तै, प्रदेश २ मा नेकपाबाट तुलसा दाहाल र राधेश्याम पासवान, कांग्रेसबाट नगिना यादव र भोला पञ्जियार, समाजवादीबाट रामप्रीत पासवान र अनिरुद्ध सिंह तथा राजपाबाट मृगेन्द्रसिंंह यादव र शेखर सिंह उम्मेदवार छन् ।
त्यस्तै, बाग्मती प्रदेशमा नेकपाबाट वेदुराम भुसाल, गंगा बेल्बासे र कांग्रेसबाट हरिशरण श्रेष्ठ तथा छलीकुमारी शर्मा उपाध्याय उम्मेदवार छन् । त्यस्तै, गण्डकी प्रदेशमा नेकपाबाट नारायणकाजी श्रेष्ठ, भगवती न्यौपाने तथा कांग्रेसबाट सूर्यप्रसाद रेग्मी, विमला गौचन उम्मेदवार छन् । प्रदेश ५ मा नेकपाबाट विमला घिमिरे, जगप्रसाद शर्मा र गोपाल भट्टराई तथा कांग्रेसबाट गिरिजादेवी न्यौपाने, बालकृष्ण पाण्डे र मेराज अहमद हलवाई उम्मेदवार छन् ।
त्यस्तै, कर्णाली प्रदेशमा नेकपाबाट मायाप्रसाद शर्मा, सुमित्रा बिसी तथा कांग्रेसबाट डिल्लीराम पाठक र सावित्री पौडेल उम्मेदवार छन् । सुदूरपश्चिम प्रदेशमा नेकपाबाट शारदा भट्ट र तारामान स्वा“र तथा कांग्रेसबाट प्रताप ठगुन्ना र तुलसी देवकोटा उम्मेदवार छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply