सरकारको उच्च सतर्कता
काठमाडौं । अन्तर्राष्ट्रिय रूपमा महामारीको रूप लिँदै १ सय ५० भन्दा बढी देशमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रणका लागि सरकारले उच्च सतर्कर्ता अपनाइरहेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको दिनहुँ बसिरहेको बैठकले दर्जनौं निर्णय गर्नुका साथै वडा तहसम्म जनचेतना फैलाउनेलगायत दर्जनौं कामलाई तीव्रता दिइरहेको छ । सरकारको उच्च सतर्कतालाई नागरिकहरूले पनि प्रशंसा गरिरहेका छन् ।
यसैक्रममा सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा खटिने डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ । उपप्रधानमन्त्री पोखरेलको संयोजकत्वमा बसेको पछिल्लो उच्चस्तरीय समितिको बैठकले उपचारमा खटिने अन्य स्वास्थ्यकर्मीलाई पनि ५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । त्यस्तै, संक्रमण रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित कार्यमा खटिने निजामती, सुरक्षाकर्मी र नागरिक उड्डयन कार्यालयका कर्मचारीलाई पनि सुरु तलबमानको ५० प्रतिशत भत्ता दिने निर्णय समितिले गरेको छ ।
संक्रमितको उपचारका लागि स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाभित्र एक सय २० वटा आईसीयू बेड अविलम्ब थप्ने निर्णय समितिले गरेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, वीर, पाटन, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र आयुर्वेद अस्पताल कीर्तिपुरमा २०–२० आईसीयू बेड थपिने समितिले जनाएको छ । त्यस्तै, प्रदेशहरूमा आवश्यकताअनुसार कम्तीमा एक सय १५ वटा आईसीयू बेडको व्यवस्था गर्न समितिले निर्देशन दिएको छ ।
कोरोना संक्रमितको उपचारका लागि खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रलगायत उपत्यकामा रहेका स्वास्थ्य मन्त्रालयले तोकेका विभिन्न अस्पताल तथा भवनमा एक हजार बेडको व्यवस्था मिलाउने निर्णय पनि समितिले गरेको छ । उपचारका लागि सरकारले उपत्यकाका ६ अस्पताललाई तोकेको छ । हरेक अस्पतालमा एक सय ५६ स्वास्थ्यकर्मी खटाउने सरकारको तयारी छ । ४० बेड आईसीयू सञ्चालन हुने अस्पतालमा ३ सय १२ स्वास्थ्यकर्मी खटिनेछन् । आईसीयू व्यवस्थापनका लागि आवश्यक पर्ने ५१ प्रकारका उपकरण खरिदका लागि सूचीसहितको प्रस्ताव कार्यदलले मन्त्रालयमा पेस गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply