जनार्दनको भूमिकाले नेकपामा खैलाबैला
काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई दुवै पदबाट पूर्वमाओवादी समूहबाट अगुवाइ गर्ने जनाद्र्धन शर्माको भूमिकालाई लिएर नेकपा पंक्तिमा अहिले अनेक चर्चा–परिचर्चा हुन थालेको छ । पूर्वमाओवादी समूहमै प्रचण्डबाहेक नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’ र वर्षमान पुनः मात्र होइन, टोपबहादुर रायमाझी, मणि थापा, हरिबोल गजुरेलदेखि देवेन्द्र पौडेलसम्मले नरुचाउने शर्माको पछिल्लो भूमिका शंकास्पद भएको भन्दै थुप्रै नेताले अहिले खुमलटारमा जवाफ माग्न थालेका छन् । त्यसो त पार्टी एकता जोगाउनुपर्छ भनेर वैचारिक र संगठक नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत दोस्रो पंक्तिका नेताहरू एकजुट हुँदा पहिलो भेलामा उपस्थित भएर यसरी पार लाग्दैन भन्दै खिसिट्यरी गरेका थिए । शर्माको पछिल्ला दिनको भूमिका भने प्रधानमन्त्री केपी ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई एक ठाउँमा हुनै नदिनेतर्फ केन्द्रित रहेको बताइएको छ । त्यसमा पनि प्रचण्ड र नेपाललाई मिल्न नदिन उनले अनेक जुक्ति लगाइरहेका छन् । पछिल्ला दिनमा सचिवालय र स्थायी समितिमा रहेका ओलीनिकट खास नेताहरूसँग दोस्ती बनाएर विशेषगरी प्रचण्ड–नेपालबीच दूरी बढाउन भूमिका खेलिरहेको बताइन्छ । तर, तिनै शर्माबारे बिचौलियाहरूसँग उठबसलगायत पछिल्ला शंकास्पद भूमिकाबारे गम्भीर प्रश्न उठिरहेका बेला उल्टै बचाउ गर्दै प्रचण्डले आफ्नै सचिवालयका तर्फबाट खण्डन गर्न लगाएका छन् । जसले गर्दा प्रचण्डसँग बादल रुष्ट बन्दै गएका छन् । उता, पूर्वसभामुख कृष्णबहादुर महराले निकटस्थहरूलाई अब ‘बिचौलिया’हरूका कारण प्रचण्डलाई कसैले जोगाउन नसक्ने बताउन थालेको स्रोतले जनाएको छ ।
पछिल्ला दिनमा शर्मा बिचौलिया व्यापारीहरूको डिजाइनमा ओली र प्रचण्डलाई मिलाउन सक्रिय रहेको समाचारले व्यापकता पाएको थियो । तर, त्यस्तो समाचारको खण्डन शर्माले होइन, प्रचण्डको सचिवालयले गरेपछि प्रचण्ड–नेपाल समूहकै बीचमा अनेकन् आशंका उब्जिएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply