कतारमा बसेर नेपाली चेलीमाथि अत्याचार
काठमाडौंं । ब्ल्याकमेल गर्ने युवाविरुद्ध कतारको साइबर क्राइममा उजुरी परेको छ । युवतीहरूलाई ब्ल्याकमेल गर्ने तथा अपशब्द प्रयोग गरी पैसा असुल्ने र शारीरिक सम्बन्धका लागि बाध्य पार्न खोजेको भन्दै एक युवाविरुद्ध साइबर क्राइममा उजुरी दिइएको हो ।
मकवानपुर बकैया गाउँपालिकाकी उर्मिला थिङ (नाम परिवर्तन) ले उदयपुर गाईघाटका चित्रबहादुर कामी (पुर्बेली कान्छो फेसबुक आइडी प्रयोग गर्दै आएको) विरुद्ध ब्ल्याकमेलको आरोपमा कतारको साइबर क्राइममा उजुरी दिएकी हुन् । थिङलाई कामीले पटकपटक फोनमार्फत अपशब्द प्रयोग गर्ने, धम्की दिने र सँगै बस्न बाध्य पार्ने किसिमको भ्वाइस म्यासेज पठाउने गरेको भन्दै पीडित थिङले अन्तर्राष्ट्रिय समन्वय परिषद् संयोजक तथा मकवानपुर मिलन केन्द्र दोहा कतारका संरक्षक सरोज पुडासैनीसमक्ष न्यायको अपिल गर्दै निवेदन दिएकी थिइन् । कतारको कानुनभन्दा माथि कोही पनि नरहेको र पीडित मकवानपुरे चेलीले न्याय पाउने कुरामा विश्वस्त रहेको पुडासैनीले बताए ।
कामीले सामाजिक सञ्जाल फेसबुक र टिकटकमा थिङको तस्बिर राखेर आपत्तिजनक स्टाटस लेखेर चरित्रहत्या गर्न खोजेको पीडितले गुनासो गरेकी छन् । कतारमा रहेको एक क्लिनिङ कम्पनीमा थिङ करिब दुई वर्षअघि रोजगारीका लागि पुगेकी थिइन् । कामीसँग सामान्य चिनजानपछि साथी भएको थिङ तीन बच्चाकी आमा हुन् । कामीले उक्त क्लिनिङ कम्पनीमा कार्यरत अन्य नेपाली महिलासँग पनि ब्याज दिन्छु भन्दै पैसा सापटी लिएर फिर्ता नगरेको र पैसा माग्दा थाहा नभएको भन्ने खालको जवाफ दिएको पीडितले गुनासो गरेका छन् । पीडित थिङले आफूलाई परेको समस्याबारे नेपाली दूतावास दोहा कतार, राष्ट्रिय मानवअधिकार समिति कतारका नेपाली प्रतिनिधि प्रोफेसर रमजान बाबु अलि मिया, महिला समाज दोहा कतार र एनआरएन दोहा कतारका प्रतिनिधिहरूलाई जानकारी गराएकी छन् । सो व्यक्तिले कहिलेकाहीँ चिया खान सँगै बसेका बेला तस्बिर खिच्ने र सो तस्बिरमा ‘आफूहरू पति–पत्नी’ भनेर समेत तस्बिर पोस्ट गर्ने गरेको पीडित युवतीले बताइन् । कामीले केटीहरूलाई फसाउने र पैसा लिने काम गर्दै आएको बताइन्छ । हालसम्म तीनवटा पत्नी रहेको कामीले मकवानपुरे चेलीलाई पनि पत्नी बन्नुपर्ने अन्यथा बेइज्जत गर्ने भनेर धम्की दिने गरेको बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply