उद्योगहरूमा कोरोनाको त्रास
काठमाडौं । लकडाउन हटेसँगै उद्योग–कलकारखानाहरू सञ्चालनमा आउन थालिसकेका थिए । देशभरि औद्योगिक क्षेत्रमा रहेका अधिकांश उद्योगहरू खुलेर काम सुचारु भइसकेका थिए । तर, पछिल्लो समय औद्योगिक क्षेत्रमा फेरि गतिरोध देखिन थालेको छ ।
केही दिनअघि धरान औद्योगिक क्षेत्रमा कार्यरत केही मजदुरमा कोरोना पोजिटिभ देखिएपछि अहिले सो औद्योगिक क्षेत्र पूरै बन्द गरिएको छ । सो औद्योगिक क्षेत्रमा कार्यरत ५–६ जना मजदुरहरूमा कोरोना पोजिटिभ देखिएको थियो । तर, लकडाउन हटेपछि भने सो औद्योगिक क्षेत्र ९० प्रतिशत सञ्चालनमा आइसकेको थियो । कोरोना पोजिटिभ देखिएसँगै पूरै औद्योगिक क्षेत्र नै बन्द गरिएको छ ।
लकडाउन हटेपछि देशभरिका १० वटा औद्योगिक क्षेत्रहरूमा सबैजसो सञ्चालनमा आइसकेका थिए । तराईको औद्योगिक क्षेत्रहरूमा रहेका उद्योगहरू कम सञ्चालित भए पनि अरू औद्योगिक क्षेत्रहरू भने शतप्रतिशत नै चल्न थालिसकेका थिए । जसमा बालाजु, पाटन, पोखरा र हेटौंडा औद्योगिक क्षेत्रका उद्योगहरू ९९ प्रतिशत सञ्चालनमा आइसकेका थिए । त्यस्तै भक्तपुर ९५, नेपालगन्ज ९५, बुटवल ८०, वीरेन्द्रनगर ८५ र गजेन्द्रनारायण औद्योगिक क्षेत्रका ८० प्रतिशत उद्योगहरू खुलिसकेका थिए ।
तर, उद्योगहरू खुले पनि काम भने पूर्ण रूपमा सञ्चालनमा आइरहेको छैन । लामो समयको लकडाउनका कारण उद्योगहरूलाई चाहिने कच्चा पदार्थहरूको अझै अभाव रहेको हुँदा अधिकांश उद्योगहरूमा ३०–४० प्रतिशतभन्दा बढी काम नभइरहेको बताइन्छ । अधिकांश उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ भारतलगायत देशबाट ल्याउनुपर्ने भएको हुँदा पनि उद्योगहरू पूर्ण रूपमा चल्न नसकेका हुन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply