यसरी टर्यो कुलमानको पुनर्नियुक्ति
काठमाडौं । चार वर्षसम्म नेपाल विद्युत् प्राधिकरणको कुशलतापूर्वक नेतृत्व गरेका कार्यकारी–निर्देशक कुलमान घिसिङलाई पुनः दोहो¥याउनुपर्ने आवाज जनपंक्तिबाट उठे पनि तत्कालका निम्ति भने टरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनको पुनर्नियुक्तिको प्रस्ताव लैजाने अपेक्षा गरिए पनि सो बैठकमा कुनै प्रस्ताव नगएपछि अब पुनर्नियुक्ति हुने सम्भावना टरेको हो ।
सोमबारको मन्त्रिपरिषद्को बैठकमा विभागीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले घिसिङको पुनर्नियुक्तिको प्रस्ताव लैजान सक्ने अनुमान गरिएको थियो । मन्त्री पुनले पनि यसअघि एउटा सार्वजनिक कार्यक्रममा घिसिङले पुनर्नियुक्ति पाउने बताएका थिए । तर, सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुनले न कुनै प्रस्ताव लगे, न त प्रधानमन्त्री केपी शर्मा ओलीले नै यो विषयमा चासो राखे । बरु, नेकपाका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रस्ताव भने पारित गरियो ।
नियुक्तिका हिसाबले प्राधिकरणका कार्यकारी–निर्देशक घिसिङको आज कार्यकाल सकिँदैछ । आज नै उनको बिदाइ–कार्यक्रम हुने सम्भावना रहेको छ । उनको बिदाइपछि उपकार्यकारी–निर्देशक हितेन्द्रनाथ शाक्यलाई निमित्त दिने तयारीसमेत भइरहेको बुझिएको छ ।
कार्यकारी–निर्देशक घिसिङलाई दोहो¥याउन जनदबाब रहे पनि सरकारले उनलाई पुनर्नियुक्ति दिन नचाहेको प्रस्ट देखिएको छ । सरकारले चाहेको भए उनको पुनर्नियुक्ति हुन्थ्यो । तर, घिसिङप्रति प्रधानमन्त्री ओली र मन्त्री पुन खासै सकारात्मक नरहेका हुँदा पुनर्नियुक्तिको सवाल जोडदार रूपमा नउठेको बताइन्छ ।
घिसिङको पुनर्नियुक्ति टरेसँगै अब प्राधिकरणको कार्यकारी–प्रमुख छनोट गर्न नयाँ प्रक्रिया थाल्ने सम्भावना देखिएको छ । ऊर्जा मन्त्रालयले नयाँ कार्यकारी–निर्देशक छनोट गर्न प्रक्रियाको थालनी गर्ने सूत्रको भनाइ छ । तर, अब हुने कार्यकारी–निर्देशकको छनोट प्रक्रियामा घिसिङले सहभागिता जनाउला वा नजनाउला भन्ने कुरा पनि त्यत्तिकै उठेको छ । प्रतिस्पर्धामा सामेल भएर छनोट नहुँदा आफूले अहिलेसम्म कमाएको छवि नै धरापमा पर्ने भएको हुँदा उनको प्रतिस्पर्धामा सामेल हुन सक्ने सम्भावना कम रहेको पनि बताइन्छ ।
यद्यपि, घिसिङले पुनर्नियुक्तिका लागि भित्रभित्रै अनेक हतकण्डा अपनाएको आशंका भने गरिएको छ । कसैले स्वतःस्फूर्त रूपमा उनको पक्षमा लबिइङ गरे पनि अधिकांशलाई भने उनले नै परिचालित गरेर आफ्नो पक्षमा लबिइङ गर्न लगाएको दाबी गरिन्छ । तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले चिलिमे जलविद्युत् आयोजनाको प्रमुखबाट आफूलाई हटाउँदा पुनः सोही आयोजनामा जान उनले जुन हतकण्डा अपनाएका थिए, अहिले कार्यकारी–निर्देशकमा दोहोरिन पनि त्यही नै हतकण्डा अपनाइएको सूत्रको दाबी छ । तत्कालीन समयमा ‘सक्षम आयोजना–प्रमुखलाई मन्त्रीले हटाएको’ भन्दै केही व्यक्ति र सञ्चारमाध्यमले चिलिमेको प्रमुखमा घिसिङलाई नै लैजानुपर्ने आवाज उठाएका थिए । चिलिमेको प्रमुखमा घिसिङलाई नै लैजानुपर्ने आवाज त्यतिबेला जसरी उठेको थियो, अहिले पनि उनको पक्षमा त्यसरी नै आवाज उठ्न पुगेको छ र अहिलेको आवाजलाई कतिपयले प्रायोजितसमेत भन्न छाडेका छैनन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply