प्रहरी आवासीय विद्यालयमा ब्रह्मलुट
काठमाडौं । नेपाल प्रहरीमा तल्लो दर्जाका कर्मचारीहरूको दुःखमा ध्यान दिई खोलिएको कल्याणकारी योजनामा पहुँचवाला कर्मचारी र उच्च तहका हाकिमहरूको बोलवाला चल्ने गरेको छ ।
प्रहरीमा कार्यरत तल्लो तहका कर्मचारीहरू घरभन्दा टाढा विभिन्न स्थानमा रही दिनरात जनताको सुरक्षाका लागि खटिनुपर्ने र आफ्ना सन्ततिहरूलाई शिक्षा, दीक्षा दिन नभ्याउने भएकाले उनीहरूलाई स्वस्फूर्तिका साथ जनताको सुरक्षाका लागि अहोरात्र खटिरहनू भन्ने उद्देश्यले पूर्वप्रहरी महानिरीक्षक दिलबहादुर लामा डिबी लामाले खोलेको प्रहरी विद्यालय अहिले ठगी गर्ने अखडा भइरहेको आरोप छ । प्रहरी कर्मचारीहरूका सन्ततिहरूलाई न्यूनतम शुल्कमा शिक्षा प्रदान गर्न ६ सय ५ र सिभिलियन नेपाली नागरिकका सन्ततीहरूलाई ४ सय ५ गरी जम्मा १ हजार ५ जनालाई पढ्न कोटा दिने व्यवस्था गरिएको छ । प्रत्येक वर्ष नेपाल प्रहरीले सञ्चालन गरेका नेपाल अधिराज्यका सात प्रदेशमा सातवटा प्रहरी आवासीय पुलिस स्कुलहरू सञ्चालन गर्दै आइरहेका छन् ।
यसरी सञ्चालनमा रहेका प्रहरी आवासीय विद्यालयहरूमा पढ्दै आएका प्रहरी कर्मचारीहरूका सन्ततिहरूलाई प्रहरी आवासीय विद्यालयहरूमा पढाइबापत एक विद्यार्थीबराबर ट्युसन फी भनी मासिक ४ सयका दरले प्रहरी कल्याणकोषले प्रत्येक प्रहरी आवासीय विद्यालयहरूलाई निकासा दिने गरेको छ । त्यति मात्र होइन, प्रहरी आवासीय विद्यालयहरूले पनि प्रत्येक महिना एक विद्यार्थी बराबर ट्युसन फी भनी मासिक ४ सयका दरले अभिभावकहरूबाट लिई ब्रह्मलुट गरी प्रहरी कर्मचारीहरूलाई लुटिरहेको आरोप छ । प्रहरी विद्यालयमा पुरूष विद्यार्थीहरूलाई कपाल काटेको भनी एक विद्यार्थीबराबर मासिक ४ सयको दरले लिने गरेको तर कपाल काट्ने मान्छे प्रहरीले नै नाइका रूपमा भर्ना गरी राखेको हुन्छ ।
प्रहरीमा कपाल काट्न हजाम भर्ना गरिएको हुन्छ भने त्यस्ता नाइहरूले प्रहरी कर्मचारीहरूको कपाल काटेबापत एक कर्मचारीबराबर २० रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यस्तै कपडा धुलाइका लागि भनी एक विद्यार्थी बराबर मासिक ९ सय ५० का दरले लिने गरेको बताइन्छ । एक विद्यार्थी बराबर दुई जोर कपडा हुन्छ । दुई जोर कपडा चारपटक धुँदा ९ सय ५० रुपैयाँ लिनु साह्रै अन्याय हुने गुनासो छ । अर्को कुरा कपडा धुने लाउन्ड्री आफ्नै हुन्छ भने कपडा धुने मान्छे पनि कर्मचारी नै राखिएको हुन्छ । यता प्रहरी आवासीय स्कुल साँगा काभ्रेका कार्यरत प्रहरी नायब निरीक्षक राजनप्रसाद काफ्लेलाई विद्यार्थी भर्नाको समयमा विद्यार्थीहरूले खरिद गर्ने कपडामा अनियमितता गरेको आरोप लागेको छ । उनले ट्र्याकसुट, जुत्ता, मोजा, सर्ट, पाइन्ट आदिमा अनियमितता गरेको भनी प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले छानबिन गरी निजलाई उक्त स्कुलबाट एक वर्षपहिले हटाएकोमा उनी फेरि चयानल मिलाएर सोही ठाँउमा आउन सफल भएका छन् । काफ्लेलाई अनियमितता गर्नकै लागि पुनः प्रहरी आवासीय स्कुल साँगा काभ्रेमा खटाइएको बताइन्छ । सो केन्द्रमा पहिले डीएसपी राजबाबु श्रेष्ठ हुँदा पनि निकै अनियमितता भएको थियो । आवासीय विद्यालयमा जे बहानामा पनि कमिसन पाइने भएकाले उक्त ठाउँलाई जागिरे जीवनको मिनी भन्सार नै मानिन्छ । काफ्लेले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्नाको बेला नयाँ कक्षामा भर्ना हुने विद्यार्थीका लागि आवश्यक पर्ने पोसाक सस्तो मूल्यमा खरिद गरी अभिभावकहरूलाई चर्को मूल्यमा बिक्री गर्दै आइरहेका छन् ।
त्यस्तै विद्यार्थीहरूलाई आवश्यक पर्ने पुस्तकहरूमा समेत कमिसन लिने गरेको र अनावश्यक किताबहरूसमेत किन्न बाध्य पार्ने गरेको गरेको पाइएको छ । यो त एउटा नमुना मात्र हो । सातवटै प्रदेशमा रहेका प्रहरी आवासीय स्कुलहरूमा यही धन्दा गरिँदै आइरहेको हरेक समादेशकले ब्रह्मलुट मच्चाउँदै आए पनि उच्च तहका हाकिमहरू भने रमिते बनेर बसेको पाइन्छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply