एसएसपीहरू लागे डीआईजीको दौडमा
काठमाडौं । नेपाल प्रहरीको डीआईजीका लागि पाइपलाइनमा रहेका एसएसपीहरूले चलखेल थालेका छन् । सरकारले कानुनी अड्चन पार गरी डीआईजी बढुवाको लागि दरबन्दी निश्चीत गरेसंगै उनीहरूले गुप्त रूपमा थालेको दौडधुपलाई तीव्रता दिएका हुन् । सोमबारको निर्णयपछि नेपाल प्रहरीका आठ एसएसपीहरू डीआईजीमा बढुवा हुने भएका छन् । नेपाल प्रहरी ऐन र प्रदेश प्रहरी ऐनमा सोमबार सरकारले संशोधन अध्यादेश ल्याएपछि बढुवाका लागि बाटो खुलेको हो ।
प्रहरीमा अहिले तीन डीआईजीको पद रिक्त छ भने पाँच डीआईजीको दरवन्दी थप्न मन्त्रिपरिषद्मा प्रस्ताव पुगेको छ । ओएनएमसहित गएको सो प्रस्ताव आउने बैठकबाट पारित हुने सम्भावना रहेको एक एसएसपीले जानकारी दिए । त्यसपछि रिक्त हुने आठ डीआईजीमध्ये बढुवा हुन अहिलेको एसएसपीहरूले कसरत थालेका हुन् । गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपाने पनि उक्त दरबन्दी थपको प्रस्ताव छिटोभन्दा छिटो पारित गरी निश्चित व्यक्तिहरूलाई बढुवा गर्न लालयित भएको बुझिएको छ । ज्येष्ठताका आधारमा अहिलेका आईजी शैलेश थापाका व्याजीहरू अब हुने डीआईजीको प्राथमिकता क्रममा छन् । तर, कसकसले बाजी मार्ने हुन् भन्ने कुरा भने अहिले नै यसै भन्न सकिने अवस्था छैन ।
डीआईजीका लागि एसएसपीहरू गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, दिलीपकुमार चौधरी, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहोरा, दिवेश लोहनी, सौरभ राणा, रामकृपाल साह, उमेश रञ्जितकार, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँलगायत प्रतिस्पर्धामा छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply