सांग्रिला बैंकमा बदमासी
काठमाडौं । बालुवाटरमा केन्द्रीय कार्यालय रहेको सांग्रिला विकास बैंकले त्यही बालुवाटारमै रहेको बैंकहरूको पनि नियामक निकाय नेपाल राष्ट्र बैंकलाई झुक्याएर सर्वसाधारणको निक्षेप डुबाउने काम गरेको छ । बैंकका सिईओ सुयोग श्रेष्ठले बदमासी गर्दा सर्वसाधारणको निक्षेप धरापमा परेको हो । कमशल धितोमा बढी मूल्यांकन गरी २० करोडको ऋणप्रवाह गरेर सो ऋण नउठ्दा अहिले बैंकलाई समस्या परेको हो ।
नेपाल राष्ट्र बैंकको सुपरभिजन टोलीले २०७६ सालको पहिलो त्रैमासमा सांग्रिला विकास बैंकमा स्थलगत निरीक्षणका सन्दर्भमा यो बदमासी पत्ता लगाएको हो । तर, सो फाइलका सन्दर्भमा राष्ट्र बंैकले दिएको निर्देशन सीईओ श्रेष्ठले पालना नगरी उल्टै राष्ट्र बैंकलाई झुक्याएर बैंकमा नक्कली नाफा देखाएका थिए । बैंकले २०७५ कात्तिक १३ गते लक्ष्मी खड्का सञ्चालक रहेको आरएन सप्लायर्सलाई १९ करोड ९० लाख रुपैया“ ऋण दिएको थियो । उक्त ऋणका लागि बत्तीसपुतलीको भित्री गल्लीमा रहेको कित्ता नम्बर ३२९, ३३१, ३३२, ३३४ कित्ता नम्बर रहेको ८१०.६६ वर्गमिटर अर्थात् साढे २५ आना धितो राखेको थियो । आनाको १ करोड ६५ लाख रुपैया“का दरले धितो राखिएको उक्त जग्गाको कुल मूल्यांकन ३० करोड रुपैया“ गरियो । र, बैंकले खड्कालाई १९ करोड ९० लाख रुपैया“ ऋण स्वीकृत गर्यो ।
केही वर्षअघिदेखि सांग्रिलाले खड्काको नयाँ बानेश्वरस्थित घरमा आफ्नो शाखा राखेर सञ्चालन गर्दै आएको थियो । बानेश्वर शाखाकी घरबेटीले सांग्रिलाबाट बत्तीसपुतलीको जग्गाधितोमा राखेर ऋण लिएकी थिइन् । ऋण लिएका दिनदेखि खड्काले बैंकलाई सावाँ र ब्याजको किस्ता तिरिनन् । तर पनि बैंक व्यवस्थापनले ऋण असुलीको कुनै प्रक्रिया सुरु गरेन । बत्तीसपुतलीको भित्री गल्लीको जग्गाको बजार मूल्य नै आनाको एक करोड रुपैयाँ पर्दैन । बढी परे आनाको ५० देखि ७०–७५ लाख रुपैयाँ पर्छ । सामान्यतया बैंकहरूले गर्ने मूल्यांकन सरकारी मूल्यभन्दा बढी र चलनचल्तीको बजार मूल्यभन्दा कम मूल्यांकन गर्छन् । बैंकले प्रतिआना १ करोड ६५ लाख रुपैयाँ मूल्यांकन गरेर यति ठूलो रकम ऋण दिएको देखेर स्थलगत निरीक्षणमा खटिएका राष्ट्र बैंकका अधिकारीहरूले गम्भीर प्रश्न उठाए । तर, सीईओ श्रेष्ठले राष्ट्र बैंकको आँखा छल्न बैंकलाई झन्झन् बढी जोखिममा धकेल्दै गएको बताइन्छ । गत आर्थिक वर्षमा बैंकले जम्मा १८ करोड ३९ लाख रूपैयाँ नाफा कमाएको छ । जबकि, उक्त ऋणको प्रोभिजनिङ गर्नुपरेको भए बैंकको नाफा ऋणात्मक हुने थियो । यसरी बैंकको नाफा ऋणात्मक हुन नदिने सीईओ श्रेष्ठले अर्को हर्कत गरेर जोखिम बढाएका छन् । वित्तीय विवरणमा नक्कली नाफा देखिए पनि भित्रभित्रै बैंक भने खोक्रो बन्दै गएको बताइन्छ । सुयोग श्रेष्ठ सीईओ बनेर आएपछि प्रवाह गरिएको झन्डै १ अर्ब रुपैयाँको हाराहारीको ऋणमा कुनै न कुनै प्रकारको समस्या देखिएपछि सञ्चालकहरू आत्तिएका छन् । अझ पछिल्लोपटक सो बैंकका एक कर्मचारीले पत्रकार कुटेपछि सो बैंक झनै बदनाम भएको छ । बैंकका कर्मचारीले नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा आबद्ध एक पत्रकारलाई कामको सन्दर्भमा बैंकमा पुगेका बेला हात हालेर धकेल्नुका साथ गार्ड बोलाएर बाहिर निकालेपछि शाखा अध्यक्ष शन्तराम बिडारीले कडा आपत्तिसहित प्रेस विज्ञप्ति जारी गरेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply