सत्तारूढमा विवाद, प्रतिपक्षमा मत्थर
काठमाडौं । सत्तारूढ दल नेकपाभित्र शीर्ष नेतृत्वबीच चुलिएको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र उत्पन्न विवाद भने केही मत्थर देखिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षको मागलाई सम्बोधन गर्ने संकेत देखाएपछि विवाद कम भएको हो ।
केही महिनापूर्व सभापति देउवाले एकलौटी रूपमा अधिकांश केन्द्रीय विभागहरूलाई पूर्णता दिएसँगै कांग्रेस विवादको भुमरीमा फसेको थियो । त्यसयता असन्तुष्ट समूहको नेतृत्व गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवाविरुद्ध आक्रमण रवैया अपनाउँदै आएका थिए । पछिल्लोपटक असोज ११ गते पौडेल समूहले संस्थापन पक्षको निर्णयलाई सच्याउन माग गर्दै आफ्ना १६ बुँदे मागसमेत राखेका थिए । ती मागहरूमा केन्द्रीय विभागको विषय पनि उठाइएको थियो । पौडेल समूहले केन्द्रीय समितिको कार्यकाल सकिएपछि र महाधिवेशनको मुखमा आफ्ना पक्षका कार्यकर्ताहरूलाई खुसी तुल्याउन विभागहरू गठन गरेपछि त्यसको तीव्र विरोध जनाउँदै आएको थियो ।
तर, पछिल्लोपटक भने सभापति देउवा विभागको विषयबाहेक पौडेल समूहले उठाएका अरू मागहरू सम्बोधन गर्न सहमत देखिएसँगै चुलिँदै गएको विवाद केही मत्थर बन्न पुगेको हो । पौडेल समूहले क्रियाशील सदस्यता वितरणको विषयलाई प्रमुख रूपमा उठाउँदै आएको छ । अरू राजनीतिक दल परित्याग गरेर कांग्रेसमा प्रवेश गरेकाहरूलाई संस्थापन पक्षले क्रियाशील सदस्यता बाँड्न थालेपछि पौडेल समूहले त्यसमा आपत्ति जनाउँदै आएको छ । पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर सुनीलबहादुर थापाको नेतृत्वमा सो पार्टीका केन्द्रीय तहका नेताहरूसमेत कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरूलाई समेत क्रियाशील सदस्यता दिन तत्परता देखाएपछि पौडेल समूहले विरोध जनाउँदै आएको छ ।
आगामी फागुनमा महाधिवेशन गर्ने तयारीमा रहेको कांग्रेसको दसैंअघिदेखि केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । बैठकका लागि संस्थापन पक्षले आह्वान गरे पनि आफ्ना मागहरू सम्बोधन नभएसम्म बैठकमा सहभागी नहुने अडानमा पौडेल समूह रहेको थियो । पौडेल समूहको अडानका कारण डाकिएको बैठक पनि स्थगित हुँदै आएको थियो । तर, गएको आइतबार संस्थापन र असन्तुष्ट पक्षबीच सहमति बनेसँगै कांग्रेसको केन्द्रीय समितिको बैठक चाँडै बस्ने सम्भावना बढेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply