बिग मार्टमा ठगी !
काठमाडौ । केन्द्रीय राजधानी काठमाडौंलगायत विभिन्न ठाउँमा स्टोर खोलेको बिग मार्टले उपभोक्तालाई विभिन्न अफरका नाममा ठग्ने गरेको भेटिएको छ । भाटभटेनीबाट विशाल नगर जाने बाटो ढल्कु चोकमा रहेको बिगमार्टले ग्राहकलाई थाहै नदिई ठग्ने गरेको तथ्य फेला परेको हो ।
रामदेव सूर्यमुखी तेल एक लिटर लिँदा १ सय ९० रुपैयाँ र तीन पोका लिँदा अफरमा १ सय ७९ रुपैयाँ प्रतिपोका पाउने बताए पनि नौ पोका लिँदा आठ पोका १ सय ७९ मा र एक पोकाको १ सय ९० रुपैयाँ नै लिएर ठगिएको उपभोक्ताको गुनासो छ ।
बिग मार्टमा सामान खरिद गरेर घर पुगेपछि सामानको बिल चेक गर्दा आफूलाई अफरको नाममा ठगेको पाइएको एक उपभोक्ताले बताए । उनका अनुसार बिल हेरेपछि आफू ठगिएको बुझी बिग मार्टका कर्मचारीसँग कुरा गर्न जाँदा त्यस्तो त हुनुनपर्ने भनी कर्मचारीले जवाफ दिएका थिए । तर, बिग मार्टमा सामान खरिद गरिरहेका अन्य उपभोक्तालाई पनि ती कर्मचारीले सोही अफर नै प्रस्ताव गरिरहेको पाइएको उनी बताउँछन् । आफू अफरका नाममा ठगिएको भनेर गुनासो गर्न पुग्दा अर्का एक महिला ग्राहकले दुई पोका रामदेव तेल किन्न खोज्दा मार्टका कर्मचारीले तीन पोका लानुस्, अफर छ भनेका थिए । तर ती महिलाले दुई पोका अफरमै दिनुस् न भन्दा उनीहरूले हुँदैन भनेपछि ती महिलाले एक पोका मात्र तेल १ सय ९० रुपैयाँमा लगेकी थिइन् ।
यो सबै सुनिरहेका ती उपभोक्ताले भने, ‘मैले बिल लगेर ती कर्मचारीलाई देखाई आफू ठगिएको कुरा बताउँदा उनले त्यस्तो त हुनुनपर्ने हो तर खै कसरी भयो भन्दै बिल नै गलत भएको हुन सक्ने तर्क गरे । त्यसपछि नक्कली बिल बोकेर ल्याएको तर्क गरेपछि कम्प्युटरमा चेक गर्दा बिल सक्कली भएको प्रमाणित भएपछि कर्मचारीले गल्ती गरेको तर उक्त पैसा फिर्ता भने दिन नसक्ने बताएका थिए । आफूले बढी लिएको रकम फिर्ता पाउनुपर्ने अडान राखेपछि ती कर्मचारीले पेमेन्ट भएपछि रकम फर्ता नहुने भन्दै ग्राहकको पैसा फिर्ता गर्न मानेनन् । सामान्य भनाभन भएपछि आएका बिगमार्टका सिनियर कर्मचारी सुजितले कर्मचारीको गल्ती भएको बताए । तिनै सुजितले पहिला तीन पोकामा अफर थियो, अहिले दुई पोकामा अफर भएको बताए ।
जबकि केही समय पहिला अर्की महिलाले दुई पोकामा अफर माग्दा दुई पोकामा छैन तीन पोकामा मात्र छ भनेपछि एक पोका मात्र खरिद गरेकी थिइन् । र, आफूले सामानको खरिद बिल लगेर जाँदा पनि अफर रहेको बिल नै गलत भएको हुन सक्ने भन्दै आशंका गरेर कम्युटरमा चेक पनि गरेको तर ग्राहक ठगेको प्रमाणित भएपछि ती कर्मचारीले अफर नै नभएको बताएका हुन् ।
यसरी ग्राहकलाई दोहोरो अफरको प्रलोभन दिने, गल्ती पनि स्वीकार गर्ने तर ठगिएको रकम फिर्ता पनि गर्न नमान्ने बिगमार्टका कर्मचारीको व्यवहारबाट सरासर ठगी हुने गरेको ती उपभोक्ताले गुनासो गरे । यसरी ग्राहकलाई झुक्याउने र ठग्नेलाई केही कारबाही हुन्छ कि हुँदैन ? ती उपभोक्ताको प्रश्न छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply