धरापमा परेपछि बैठक धकेल्दै
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको प्रत्यक्ष असर प्रदेश सभाका सरकारमा परेको छ । सबैभन्दा ठूलो असर प्र्रदेश १ र वाग्मती प्रदेशलाई परेको छ । यी दुई प्रदेशमा मुख्यमन्त्रीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । संसद् बैठक बोलाउँदा अविश्वासको प्रस्ताव पारित हुने र पद गुम्ने निश्चित भएपछि बरु बैठक नै धकेलेर भए पनि पद लम्ब्याउने रणनीति लिइएको छ ।
प्रदेश १ मा करिब १ महिनायता प्रदेशसभा बैठक बस्न सकेको छैन । माघ ७ मा ३ मिनेट बसेर स्थगित बैठक माघ २५ का लागि डाकिएको थियो । तर, उक्त दिन पनि बैठक बस्न सकेन । बरु, अनिश्चित समयका लागि बैठक नै स्थगित गरिएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा नेपाली कांग्रेसले समर्थन गर्ने स्थिति बनेपछि बैठकबाटै भाग्न थालिएको हो । मुख्यमन्त्री राईविरुद्ध नेकपाकै ३७ जना सांसदले पुस १२ मा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । उनीहरूले भीम आचार्यलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेका छन् । प्रदेश सभामा रहेका ९३ सांसदमध्ये नेकपाकै ६७ जना छन् । जसमध्ये ३७ जनाले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । मुख्यमन्त्री राईसँग ३० सांसद मात्र छन् ।
वाग्मती प्रदेशमा पनि मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाकै सांसदहरूले पुस १० मा अविश्वासको प्रस्ताव दर्ता गराएपछि उनी पनि बैठकबाट भाग्दै आएका छन् । १ सय १० जना सांसद रहको यो प्रदेशमा नेकपाका मात्र ८० सांसद छन् । जसमध्ये ४५ जनाले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । माघ १९ का लागि संसद् बैठक बोलाइएको भए पनि सभामुखले १८ गते राति सूचना टाँस गरी फागुनको पहिलो सातासम्म बैठक स्थगित भएको जानकारी गराएका थिए । त्यसयता बैठकको माग गर्दै प्रदेश सांसदहरूले आन्दोलन गर्दै आएका छन् । तर, बैठक कसरी हुन्छ बैठक टार्ने रणनीतिबारे मुख्यमन्त्री र सभामुखबीच आन्तरिक छलफल भइरहेको बुझिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply