कस्तो होला १५ रुपैयाँको खाजा ?
काठमाडौं । हरेक खाद्य सामग्रीको लगातार मूल्य भइरहेको बेला १५ रुपैयाँमा कस्तो खाजा आउँला ? त्यति सस्तो मूल्यको खाजा कति पोसिलो र टिकाउ होला ? शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राथमिक तहका विद्यार्थीहरूका निम्ति ल्याएको दिवा–खाजाको विषयलाई लिएर यस्ता प्रश्नहरू उठ्न थालेका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रारम्भिक बालशिक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दुईथरी खाजा मूल्य निर्धारण गरेको छ । जसमा कर्णाली प्रदेशका लागि प्रतिदिन २० रुपैयाँ र अरू ठाउँका निम्ति १५ रुपैयाँ तोकेको छ । केही समयपूर्व केन्द्रले ‘विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका’ तयार पारेर आवश्यक पोषण तह, उमेर समूह, दैनिक सिफारिस आवश्यकता र दिवा खाजाबाट ३० प्रतिशत प्रस्तावित पोषण लक्ष्य निर्धारण गरेको छ । केन्द्रले भनेको छ, ‘स्थानीय स्तरमा उत्पादन हुने विभिन्न प्रकारको खाद्य सामग्रीको आधारमा खाद्य टोकरी निर्माण गर्नुपर्छ ।’
केन्द्रले तयार पारेको दिवा खाजाको सहयोगी पुस्तिकामा विभिन्न मेनु पनि राखिएको छ । जसमा, विभिन्न क्षेत्रसमेत छुट्याएर मेनु तयार पारिएको छ । पूर्वी पहाडका निम्ति पोसिलो जाउलो, मकैको खिर र तरकारी, फर्सीको प्यान केक, कोदोको हलुवा, च्याउको क्वाँटी र आलु पनिर मेनुमा राखिएको छ भने मध्यपहाडका निम्ति कोदोको हलुवा तरकारी, चिउरा र मासु, क्वाँटी, मकैको खिर र तरकारी, पानी रोटी राखिएको छ । पश्चिम पहाडका निम्ति पोसिलो जाउलो, फापरको रोटी, मकैको खिर र तरकारी, पानी रोटी मेनुमा राखिएको छ भने पूर्वी तराईका जिल्लाहरू सप्तरीदेखि पर्सासम्मका निम्ति खिचडी, छोला, चिउरा, गेडागुडी मिक्स, गहुँको हलुवा र तरकारी, कुखुराको मासु र चिउरा, भुटेको मकै र तरकारी र पूर्वी तराईका झापा, मोरङ, सुनसरी र उदयपुरका लागि भुटेको भात र तरकारी, पुरी तरकारी, भुटेको अन्डा र चिउरा, चामलको खिर र तरकारी, पानी रोटी, दही, चिउरा र तरकारी राखिएका छन् ।
यसरी नै पश्चिम तराईको चितवनदेखि दाङसम्म भुटेको भात, गहुँको हलुवा, गेडागुडी मिक्स, चिउरामासु, जाउलो, मकैभटमास र तरकारी तथा पश्चिम तराईको बाँकेदेखि कञ्चनपुरसम्मका लागि भुटेको अन्डा र भात राखिएको छ । केन्द्रले पूर्वी, मध्य र पश्चिमी हिमाली भेगका जिल्लाहरूका निम्ति पनि बेग्लाबेग्लै मेनु तयार पारेको छ ।
केन्द्रले विभिन्न ठाउँका स्थानीय उत्पादनहरूलाई प्रोत्साहन दिने हेतुले मेनु तयार पारे पनि त्यो पूरै अव्यावहारिक र हचुवाका आधारमा ल्याइएको देखिएको छ । १५ रुपैयाँमा कुखुराको मासु र चिउरा ख्वाउन सम्भव देखिँदैन । तर, मेनुमा यस्ता असम्भव खाजा पनि राखिएको छ । यति सस्तोमा कसले खाजा खुवाउला र खाजाका निम्ति कसले व्यवस्थापन गर्ला ? कि शिक्षकहरू आफैंले खाजा पकाएर बस्ने हो ? यस्ता प्रश्नहरू उठेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply