सांसदकै सेटिङमा ट्राफिकको असुली
काठमाडौं । प्रदेश २ को ट्राफिक प्रहरी कार्यालय पथलैयाले शान्ति सुरक्षा र अमनचैन स्थापना गर्नुको साटो असुली धन्दालाई तीव्रता दिएको पाइएको छ । मिनी भन्सार नै मानिने सो क्षेत्रबाट क्षमताभन्दा बढी भार बोक्ने ट्रकबाट रकम असुलेर मात्र छाड्ने गरिएको सेवाग्राहीहरू बताउँछन् ।
क्षमताभन्दा बढी सामान बोक्ने सवारीसाधन अहिले ट्राफिक प्रहरीका लागि घुस असुल्ने गतिलो माध्यम बनेको छ । यस्ता सवारीसाधनबाट मासिक लाखौं रुपैयाँ ट्राफिक प्रहरीले लिने गरेको समेत खुलेको छ । पर्साको ड्राइपोट तथा भन्सारबाट सामानसहितका भारवहन गाडीले क्षमताभन्दा दोब्बर बढी सामान बोक्ने गरेको र उनीहरूले बारा र पर्साका ट्राफिक प्रहरीलाई मात्रै नभएर पथलैयास्थित दुई नम्बर प्रदेशका ट्राफिक प्रहरी प्रमुखका नाममा समेत मोटो रकम दिने गरेको खुलेको छ । यी ठाउँबाट निस्कने मालवाहक गाडीको क्षमता र स्वीकृति बढीमा २७ टन बोक्ने भए पनि ती गाडीले ७५ देखि ८० टन सामान बोक्दै आएका छन् । २१ टन बोक्ने क्षमता भएकाले ५० देखि ५५ टन सामान बोक्दै आएका छन् । यसरी क्षमताभन्दा अत्यधिक सामान बोक्ने गाडीहरूबाट ट्राफिक प्रहरीले मोटो रकम लिने गरेको छ । पथलैयास्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयमा हिमालय श्रेष्ठ सरुवा भएर आएको चारदिनसम्म भने क्षमताभन्दा बढी सामान बोक्ने सवारीसाधनलाई नियन्त्रणमा लिँदै कतिलाई ट्राफिक प्रहरी आफैंले त कतिलाई यातायात कार्यालय पठाएर कारबाही गरिएको थियो । त्यो कारबाही देखावटी भएको र रकमको कुरा मिल्न थालेपछि चेकजाँच गर्न छाडिएको बताइन्छ । कारबाहीमा पर्ने सवारीसाधनमा वाग्मती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता एवं व्यापारी इन्द्र बानियाँका समेत थिए । बानियाँ एसपी श्रेष्ठलाई भेट्न पथलैया ट्राफिक प्रहरी कार्यालय नै पुगेका थिए । त्यसपछि ट्राफिक प्रहरीले क्षमताभन्दा बढी सामान बोक्ने सवारीसाधनलाई कारबाही गर्न नै छाडिदिएको बताइन्छ । बानियाँको निर्माण कम्पनी र सयौं ट्रिपरहरू रहेको बताइन्छ । भन्सारबाट आउने ट्रक, ट्रिपरले १७–१८ टनसम्म बोक्ने भनिए पनि २१–२२ टनसम्म सामान ल्याउने गरेको भेटिएको छ । मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ लागू भइसकेको छ । ट्राफिक प्रहरीले कारबाही नगरी छाडेपछि यातायात व्यवस्था विभागले अनुगमन र कारबाही प्रक्रिया अघि बढाउने भएको छ । तौल पुल निर्माण गरेर बढी सामान बोक्ने त्यस्ता सवारीलाई जरिवाना गरेर कारबाही गर्न लागिएको हो । यातायात व्यवस्था विभागमार्फत चितवनको आँपटारी र महोत्तरीको बर्दिबासमा तौल पुल बनाइएको छ । ती पुलमा तौल जाँच गराएर मात्र मालवाहक सवारीलाई गन्तव्यतिर पठाइनेछ र यसका लागि विभागका कर्मचारी र ट्राफिक प्रहरी खटिने बताइएको छ । एक महिनासम्म पुलमा तौल जाँच गरिने र क्षमताभन्दा बढी तौल बोक्नेलाई कम बोक्न सम्झाइबुझाइ गरिनेछ । त्यसपछि भने बढी सामान बोक्नेलाई नियमअनुसार जरिवाना गराइनेछ । त्यहीअनुसार तौल पुल निर्माण गरिएको हो । पथलैया ट्राफिकको असुलीधन्दा पछिल्लोपटक कांग्रेस सांसद बानियाँको समेत सेटिङ रहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply