सांसदकै सेटिङमा ट्राफिकको असुली
काठमाडौं । प्रदेश २ को ट्राफिक प्रहरी कार्यालय पथलैयाले शान्ति सुरक्षा र अमनचैन स्थापना गर्नुको साटो असुली धन्दालाई तीव्रता दिएको पाइएको छ । मिनी भन्सार नै मानिने सो क्षेत्रबाट क्षमताभन्दा बढी भार बोक्ने ट्रकबाट रकम असुलेर मात्र छाड्ने गरिएको सेवाग्राहीहरू बताउँछन् ।
क्षमताभन्दा बढी सामान बोक्ने सवारीसाधन अहिले ट्राफिक प्रहरीका लागि घुस असुल्ने गतिलो माध्यम बनेको छ । यस्ता सवारीसाधनबाट मासिक लाखौं रुपैयाँ ट्राफिक प्रहरीले लिने गरेको समेत खुलेको छ । पर्साको ड्राइपोट तथा भन्सारबाट सामानसहितका भारवहन गाडीले क्षमताभन्दा दोब्बर बढी सामान बोक्ने गरेको र उनीहरूले बारा र पर्साका ट्राफिक प्रहरीलाई मात्रै नभएर पथलैयास्थित दुई नम्बर प्रदेशका ट्राफिक प्रहरी प्रमुखका नाममा समेत मोटो रकम दिने गरेको खुलेको छ । यी ठाउँबाट निस्कने मालवाहक गाडीको क्षमता र स्वीकृति बढीमा २७ टन बोक्ने भए पनि ती गाडीले ७५ देखि ८० टन सामान बोक्दै आएका छन् । २१ टन बोक्ने क्षमता भएकाले ५० देखि ५५ टन सामान बोक्दै आएका छन् । यसरी क्षमताभन्दा अत्यधिक सामान बोक्ने गाडीहरूबाट ट्राफिक प्रहरीले मोटो रकम लिने गरेको छ । पथलैयास्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयमा हिमालय श्रेष्ठ सरुवा भएर आएको चारदिनसम्म भने क्षमताभन्दा बढी सामान बोक्ने सवारीसाधनलाई नियन्त्रणमा लिँदै कतिलाई ट्राफिक प्रहरी आफैंले त कतिलाई यातायात कार्यालय पठाएर कारबाही गरिएको थियो । त्यो कारबाही देखावटी भएको र रकमको कुरा मिल्न थालेपछि चेकजाँच गर्न छाडिएको बताइन्छ । कारबाहीमा पर्ने सवारीसाधनमा वाग्मती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता एवं व्यापारी इन्द्र बानियाँका समेत थिए । बानियाँ एसपी श्रेष्ठलाई भेट्न पथलैया ट्राफिक प्रहरी कार्यालय नै पुगेका थिए । त्यसपछि ट्राफिक प्रहरीले क्षमताभन्दा बढी सामान बोक्ने सवारीसाधनलाई कारबाही गर्न नै छाडिदिएको बताइन्छ । बानियाँको निर्माण कम्पनी र सयौं ट्रिपरहरू रहेको बताइन्छ । भन्सारबाट आउने ट्रक, ट्रिपरले १७–१८ टनसम्म बोक्ने भनिए पनि २१–२२ टनसम्म सामान ल्याउने गरेको भेटिएको छ । मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ लागू भइसकेको छ । ट्राफिक प्रहरीले कारबाही नगरी छाडेपछि यातायात व्यवस्था विभागले अनुगमन र कारबाही प्रक्रिया अघि बढाउने भएको छ । तौल पुल निर्माण गरेर बढी सामान बोक्ने त्यस्ता सवारीलाई जरिवाना गरेर कारबाही गर्न लागिएको हो । यातायात व्यवस्था विभागमार्फत चितवनको आँपटारी र महोत्तरीको बर्दिबासमा तौल पुल बनाइएको छ । ती पुलमा तौल जाँच गराएर मात्र मालवाहक सवारीलाई गन्तव्यतिर पठाइनेछ र यसका लागि विभागका कर्मचारी र ट्राफिक प्रहरी खटिने बताइएको छ । एक महिनासम्म पुलमा तौल जाँच गरिने र क्षमताभन्दा बढी तौल बोक्नेलाई कम बोक्न सम्झाइबुझाइ गरिनेछ । त्यसपछि भने बढी सामान बोक्नेलाई नियमअनुसार जरिवाना गराइनेछ । त्यहीअनुसार तौल पुल निर्माण गरिएको हो । पथलैया ट्राफिकको असुलीधन्दा पछिल्लोपटक कांग्रेस सांसद बानियाँको समेत सेटिङ रहेको बताइन्छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply