ताप्लेजुङका अग्निपिडितलाई भूकम्पपिडितलाई सरह राहतको माग
काठमाडौ । ताप्लेजुङको आगलागी पीडितहरुलाई भुकम्प पीडित सरह राहत उपलब्ध गराउन प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले माग गरेका छन ।
आज एक प्रेस विज्ञप्ती प्रकाशित गदै पूर्व मन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य भट्टराईले आगलागीका कारण आवास विहिन भएका स्थानीयहरुलाई तत्काल राहत उपलब्ध गराउन र दिर्घकालिन पून : स्थापनाका लागि भुकम्प पीडित सरह सहयोग उपलब्ध गराउन नेपाल सरकार समक्ष माग गरेको हो ।
आगलागीबाट ठूलो मात्रामा धनजनको र भौतिक क्षति भएको घटनाप्रति गहिरो दुख ब्यक्त गर्दै साँगुरो बजार,खुल्ला ठाँउको अभाब तथा दमकल लगायतका साधनका अभाबका कारण ठूलो मात्रामा क्षति हु्न पुगेको बताईएको छ । पूर्वमन्त्री भट्टराईले आगलागीलाई नियन्त्रणमा लिन प्रयत्यन गर्ने स्थानीय जनसमुदाय सुरक्षा निकाय लागयतका सवैमा धन्यवाद समेत दिएका छन । उनले पीडितहरुप्रति सहानुभुति प्रकट गदै आवश्क राहत र पून स्थापनाका लागि आ आफनो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । आगालागीबाट ४७ वटा घर जलेर नष्ट हुदा ७९ परिवार विस्थापित भएका छन . ।

सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply