रबीन्द्रले नछोड्नुको रहस्य
काठमाडौं । सरकार फेरिनासाथ कत्ति पनि विलम्ब नगरी राजीनामा दिनुपर्नेमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रबीन्द्रकुमार शाक्यको फूर्तिफार्ती झन् किन बढेको होला ? खिलराज रेग्मी सरकारद्वारा नियुक्त महान्यायाधिवक्ता द्रोणराज रेग्मीले सुशील कोइराला प्रधानमन्त्री हुनासाथ राजीनामा दिए पनि सँगै नियुक्त शाक्यले भने पदमै टिकिरहने योजना साकार पार्दैछन् ।
त्यसको मुख्य कारण हुन्, अर्थमन्त्री डा. रामशरण महत । उनीसँगको व्यक्तिगत मित्रता र हिमचिमका कारण शाक्यले आफूसँग राय बझाउने आयोगका सचिव युवराज भुसाललाई सरुवा गर्न पहल थालेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री कोइरालालाई समेत मन्त्री महतले शाक्यका बारेमा सहमत गराए पनि कोइरालाले मुख खोलेका छैनन् । प्रधानमन्त्री कार्यालय सम्बद्ध एक अधिकारीले बताए अनुसार शाक्य धेरैजसो आफ्नो कार्यालयमा भन्दा अर्थ मन्त्रालयतिरै हुन्छन् ।
अर्थमन्त्री महत र उपाध्यक्ष शाक्यको मित्रता धेरै पुरानो हो । ०४८ सालमा महत योजना आयोगको उपाध्यक्ष हुँदा शाक्य आयोगमै कार्यरत थिए । पछि उनी आयोगका सचिव पनि भए । त्यतिबेलादेखि नै महतसँग असाध्यै निकटता छ । सचिवबाट अवकाश पाएपछि शाक्यलाई महतले ०५६ सालमा अर्थमन्त्री हुँदा अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा नियुक्त गरेका थिए ।
डा. महतलाई शाक्यले सबभन्दा ठूलो गुन गत वर्ष बजेट बनाउँदा लगाएका रहेछन् । स्रोतका अनुसार रेग्मी सरकारबाट सदस्य नियुक्त नगरेर उपाध्यक्ष मात्र नियुक्त भएपछि आयोगका सबै निर्णय शाक्यकै खल्तीमा हुने नै भए । त्यस्तो बेलामा उनले जे चाहे, त्यही निर्णय हुनु अस्वाभाविक भएन । त्यही बेला चालू आर्थिक वर्षको योजना बनाउँदा भित्री रूपमा शाक्यले सबै जानकारी महतलाई दिने गरेका थिए । त्यही भएर रेग्मी सरकारका पालामा कांग्रेसलाई चुनावमा अनुकूल हुने गरी अधिकांश योजना बनेका छन् । स्रोतका अनुसार आफ्नो जिल्ला नुवाकोटमा के–के योजना परेका छन् भनेर महतले शाक्यलाई योजना आयोगका फाइलसहित घरमै बोलाएका थिए । त्यहीँ बसेर महतले आफ्नै पार्टीका भए पनि सदाबहार प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीको क्षेत्रका योजनाभरि काटेर आफ्नो क्षेत्रमा हालेका थिए । स्रोतले भन्यो– त्यही गुन तिर्नका लागि पनि महतले शाक्यलाई नहटाउन प्रधानमन्त्रीमाथि दबाब दिइरहेका छन् । कुुनै पनि निर्णय गर्न डराउने र निर्णय गर्न नपरे हुन्थ्यो भन्ने मानसिकतामा रहेका प्रधानमन्त्री कोइराला कुनै कुरा सोधेमा हुन्न पनि भन्दैनन् र हुन्छ पनि भन्दैनन् । त्यसैको फाइदा शाक्यले उठाएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply