जगदम्बाले रुवायो मजदुरलाई
काठमाडौं । जगदम्बा टिभिएस प्रालिको व्यवस्थापनले २० जना मजदुरहरूलाई ६ महिनादेखि तलब, सुविधाबाट वञ्चित तुल्याउँदै आएको छ । निष्कासनमा परेका मजदुरहरूको पुनर्बहालीका लागि मजदुर संगठनहरूले सो कम्पनीको व्यवस्थापनसँग पटकपटक वार्ता गर्दा पनि कुनै सुनुवाइ हुन सकेको छैन ।
सो कम्पनीले बजाज कम्पनीको मोटरसाइकल, गाडीलगायत नेपालमा बिक्री गर्दै आएको छ । बजाज कम्पनीको नेपालको आधिकारिक बिक्रेता रहेको जगदम्बाले गाडीदेखि सिमेन्ट, चिया बगान, खाद्यान्न, पाइप, स्टिलको समेत व्यापार गर्दै आइरहेको छ । तर, जगदम्बा नेपालकै ठुलो व्यापारी कम्पनी भए पनि कोभिड–१९ को कारण देखाएर मजदुरहरूलाई बिचल्लीमा पार्ने काम गरिएको छ ।
जगदम्बाले कर्मचारीहरूलाई निष्कासन गर्नुमा सो कम्पनीमा खोलिएको टे«ड युनियनलाई खारेज गर्ने उद्देश्य राखेको प्रस्ट देखिएको छ । टे«ड युनियनलाई खारेज गर्ने हेतुले नै २० जना कर्मचारीलाई दसैंअगाडिदेखि नै निष्कासन गरेको हो । दसैंको मुखमा निकाल्न खोजेपछि मजदुरहरूले ‘यो कोभिडको बेला हामीलाई ननिकाल्नुस्, बरु हामीलाई दसैं खर्च चाहिँदैन’ भन्दा पनि जबर्जस्ती जागिरबाट वञ्चित तुल्याइएको थियो ।
कोभिड–१९ को कारण देखाएर व्यापार चौपट भएको भन्दै मजदुरहरूलाई निकाले पनि सो कम्पनीको बिक्रीमा भने उल्लेख्य वृद्धि भएको बताइन्छ । पहिला वार्षिक ५ हजार मोटरसाइकल, गाडी बिक्री हुनेमा अहिले भने वार्षिक ४५ हजारसम्म बिक्री भएको पाइएको छ । तर, कम्पनीले भने बिक्री घटेको बहाना देखाएर मजदुरहरूलाई निष्कासन गरेको बुझिएको छ ।
जगदम्बाको व्यवस्थापनले मजदुरहरूलाई निकाले समस्या समाधान हुने ठाने पनि समस्या भने झनै बल्झिँदै गएको छ । मजदुरहरूलाई निष्कासन गरेपछि मजदुरहरूले वार्ता टोली गठन गरेर व्यवस्थापनसँग वार्ता गर्दै आएको छ । तर, वार्ता टोलीलाई व्यवस्थापनले ‘ती मजदुरहरूलाई हामी केही सुविधा दिन्छौं र उनीहरूलाई निष्कासन गर्ने वातावरण मिलाउनुस्, बरु तपाईंहरूलाई पनि केही सपोर्ट गर्छौं’ भनेको बुझिएको छ । व्यवस्थापनले वार्ता टोलीका मानिसहरूलाई नै किन्न खोजेपछि समस्या झनै चुलिँदै गएको बताइन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply