बिमा कम्पनीमा छड्के निरीक्षण
काठमाडौं । बिमा कम्पनीहरूको नियामक निकाय बिमा समितिले कम्पनीहरूले गर्दै आएको बदमासी उजागर गरिदिएको छ । जीवन बिमा कम्पनी, निर्जीवन बिमा कम्पनी र एउटा पुनर्बिमा कम्पनीहरूको नियमनकारी निकाय बिमा समितिले आक्रामक रूपमा बिमा कम्पनीहरूमा स्थलगत र छड्के निरीक्षण सुरु गरेको हो । हालै मात्रै पूर्वप्रशासक सूर्यप्रसाद सिलवाल बिमा समितिको अध्यक्ष भएलगत्तै आक्रमक रूपले स्थलगत निरीक्षण अर्थात् एक्सनलाई प्राथमिकताका साथ अगाडि बढाएका हुन् ।
नेपालका मारवाडी समुदायको बाहुल्य रहेको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेको इन्स्योरेन्स कम्पनीहरू सधैं विवादमा फस्दै आएको, बिमा समितिलाई चुनौती दिँदै काम गर्दै आएका कम्पनी हुन् । बिमा समितिले स्थलगत निरीक्षणलाई आक्रमक बनाएपछि बिमा कम्पनीका सीईओहरू डराएको पाइएको छ । निरीक्षण गर्दा तीन÷चारवटा कम्पनीमा बदमासी फेला परेको छ । ती कम्पनीहरूले अन्डर राइटिङ, दाबी, पुनर्बिमा, वित्तीय विवरण, कर्पोरेट सुशासनलगायत बिमा समितिले जारी गरेको निर्देशनविपरीत खरिद प्रक्रिया, सम्पत्ति शुद्धीकरणका दर्जनांै कुरालाई पालना नगरेको भेटिएको देखिन्छ । ती तीन कम्पनीले विगतमा बिमा समितिका अध्यक्ष र उच्च कर्मचारीलाई प्रलोभनमा पारी दर्जनौं काम अनैतिक रूपमा गर्दै आएको फेला परेपछि बिमा समितिका वर्तमान अध्यक्ष सिलवाल रुष्ट बनेको भेटिएको छ । यी तीन बिमा कम्पनीका अध्यक्ष र सीईओहरूले नियमनकारी निकायको निर्देशनहरूलाई बेवास्ता मात्रै गरेको छैनन्, ती निर्देशन रद्दीको टोकरीमा फालेझैं गर्ने गरेका छन् । निरीक्षण गरेको ६÷७ वटा कम्पनीमध्ये तीनवटा कम्पनीमा दर्जनौं अनियमितता गरेको फेला परेपछि अब ती कम्पनीका सीईओहरूलाई २४ घन्टे स्पष्टीकरण लिएर कारबाही अगाडि बढाउने योजना बन्दै गरेको थाहा भएको छ । बिमा समितिको निरीक्षण शाखाका प्रमुख सुशील देव सुवेदीको नेतृत्व टोलीले नेको, सिद्धार्थ, प्रोडेन्सियललगायत ६÷७ वटा कम्पनीमा स्थलगत निरीक्षण प्रारम्भ गरेको छ ।
उनले प्रत्येक दिन चेक लिस्ट बनाएर जानकारी नदिई छड्के चेक गर्नसमेत निर्देशन दिएको बिमा समिति उच्च स्रोतको दाबी छ । बिमा कम्पनीका दर्जनौं सीईओहरूले बिमा समितिको निर्देशनविपरीत सयौं काम गरेका छन् भन्दा फरक पर्दैन । पछिल्लो समय बिमा कम्पनीमा भएका बदमासी सञ्चार माध्यममा आउन थालेपछि बिमा समिति आक्रामक बनेको हो । केही दिन अगाडिदेखि बिमा कम्पनीहरूको (बाबु) नियामक निकाय बिमा समिति बिमा कम्पनीहरूको निरीक्षणमा आक्रामक देखिएको छ भन्दा फरक पर्दैन । नियामक निकाय बिमा समितिले पछिल्लो एक महिनामा ६ वटा निरीक्षण गरिसकेको छ भने बिमा समितिले आफ्नो नियमित कामका रूपमा विभिन्न कम्पनीहरूमा समुह बनाएर नियमित निरीक्षण गरिरहेको बिमा समितिले जानकारी नै नदिई छड्के निरीक्षण गरिरहेको देखिन्छ । कम्पनीहरूले तथ्यांक लुकाउन सक्ने भन्दै समितिले पूर्वजानकारी नदिई निरीक्षण कार्यलाई तिव्रता दिइरहेको बताइन्छ ।
बिमा समितिले गएका वर्षमा कम्पनीको निरीक्षण गर्ने तर निरीक्षणका क्रममा देखिएका कमिकमजोरी बाहिर सार्वजनिक गर्ने गरेको थिएन। कतिपय कम्पनीहरूको प्रभावमा बिमा समिति पर्ने गरेको आरोप लागेको देखिन्छ । अब यसको अन्त्य हुनुपर्ने आवश्यकता महसुस गरिएको छ । निरीक्षणबाहेक बिमा समितिले पछिल्लो समय बिमा कम्पनीहरूलाई विभिन्न तथ्याङ्कहरूको माग गर्दै सर्कुलर जारी गरिरहेको छ । बिमा समितिले पछिल्लो समय बिमा कम्पनीहरूसँग प्रथम बिमा शुल्कको पोलिसी के–कति बिक्री भएको छ भन्दै तथ्यांक माग गरेको छ । यसको कारण बिमा कम्पनीहरूले आफ्ना अभिकर्ताहरूलाई घरकर्जा नै दिए ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply