रोकिएन डीआईजीद्वयको असुली
काठमाडौं । नेपाल प्रहरीका दुई डीआईजी धीरजप्रताप सिंह र रवीन्द्र धानुकले अवैध असुलीलाई तीव्र बनाएका छन् । यी दुई डीआईजीका कारण अहिले प्रहरी संगठन नै बदनाम बनेको छ । जहाँ बसे पनि उठ्तीपुठ्तीमा मात्र ध्यान दिने यी दुई डीआईजीलाई अहिले भारतसँगको सीमा जोडिएका ठाउँको जिम्मेवारी बाँदरलाई मकै गोठालो दिएजस्तै भएको छ ।
सिंह अहिले प्रदेश २ प्रमुख छन् । सो प्रदेशमा जानासाथ शुरुमा उनले प्रदेशबाटै घुमुवा खटाएर सीमा सीमाबाट अवैध असुली चलाएका थिए । तर, यसको रिर्पोट प्रहरी प्रधान कार्यालयसम्म पुगेपछि आईजीपी शैलेश थापाले प्रदेशको घुमुवा रोकेका थिए । तर लागेको बानी कहाँ जान्थ्यो र ? प्रदेशबाट घुमुवा खटाउन रोकपछि घुमाउरो बाटो प्रयोग गरेर उनले जिल्लाजिल्लाबाट घुमुवा खटाएको बुझिएको छ । जिल्लाजिल्लाबाट खटाइएका यी घुमुवाले असुलेको रकम डीआईजी सिंहलाई नै बुझाउने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार डीआईजी सिंहले पर्सामा हवल्दार श्याम साह सोनार, बारामा हवल्दार प्रमोद सिह, रौतहटमा हवल्दार राज मंगल सिंह र हरेन्द्र ठाकुर, सर्लाहीमा सिपाही रामसेवक ठाकुर र धनुषामा हवल्दार महेन्द्र महतोलाई घुमुवा खटाएका छन् । घुमुवा खटाएपछि सीमामा हुने तस्करी निकै फस्टाएको छ ।
त्यस्तै, लुम्बिनी प्रदेश प्रहरी प्रमुख रवीन्द्र धानुकको रातदिन उठबस नै बालुवाका तस्करहरूसँग हुने गरेको बताइन्छ । । बाँकेका एसपी ओम रानासँग मिलेर क्रसर व्यवसायी र जुवा अखडाहरूबाट रकम असुल्ने गरेको स्रोतले बतायो । स्रोतका अनुसार कपिलवस्तुके एसपी नवराज अधिकारीसँग उनको सम्बन्ध त्यति राम्रो छैन । अख्तियार दुरुपयोग अनुसान्धान आयोगबाट प्रमुख आयुक्त नवीन घिमिरेको आशीर्वादले रूपन्देही गएका एसपी प्रवीण पोखरेलले त उनलाई गन्दै गन्दैनन् । संगठनका आफ्नै मातहतका कर्मचारीले पनि उनलाई गन्न छाड्नुको मुख्य कारण उनको नांगो ढंगको उठ्तीपुठ्तीमा संलग्नाता रहेको बताइन्छ । प्रदेश २ मा सुपारी र केराउको तस्करीलाई कडाइ गरेपछि उसको तस्करी लुम्बिनी प्रदेशमा फस्टाएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply