किन दिए एमाले सांसद भूसालले राजीनामा ?
१४ असार,काठमाडौं । एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य बेदुराम भूसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमालेमा एकताका लागि वार्ता भइरहेको बेला माधव नेपाल पक्षका नेता भूसालले सांसदबाट राजीनामा दिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । उनले आफू राष्ट्रियसभामा स्वतन्त्र सांसदको हैसियतमा रहन चाहेको भन्दै संसद सचिवालयमा जानकारी गराएका छन् ।
उनले आइतबार संसद सचिवालयका महासचिवलाई पत्र लेखेर तत्कालीन नेकपाबाट उम्मेदवार बनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको उल्लेख गर्दै सर्वोच्चको फागुन २३ को फैसलापछि पार्टीको अस्तित्व समाप्त भएको अवस्थामा आफू स्वतन्त्र भूमिकामा रहने जानकारी दिएका छन् ।
संसद सचिवालयमा बुझाएको पत्रमा भूसालले लेखेका छन्–‘सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उम्मेदवार भई निर्वाचित मसहितका जनप्रतिनिधिहरु दलविहीन अर्थात् स्वतन्त्र हुनुपरेको सर्वविदितै छ, ‘तत्पश्चात म नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रुपमा रहेको छु र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहन्छु ।’
उनले आफूले पाउने पारिश्रमिक र अन्य सेवा सुविधाबाट लेबी वा अन्य कुनै पनि दलको खातामा जम्मा नगरिदिन पनि संसदको लेखा शाखालाई जानकारी गराइदिनका लागि अनुरोध गरेका छन् । भूसाल एमालेभित्र माधव नेपाल समूहका नेता हुन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply