पूर्वशिक्षामन्त्री श्रेष्ठमाथि अनुसन्धान गर्न आदेश
१ साउन, काठमाडौं । सर्वोच्च अदालतले जातीय विभेद घटनामा पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान गर्न अन्तरिम आदेश दिएको छ । रूपा सुनारलाई जातकै आधारमा घर भाडा दिन अस्वीकार गरेको आरोप लागेकी सरस्वती प्रधानलाई थुनामुक्त भएपछि मन्त्रीको गाडीमा घर पुर्याएर जातीय विभेदलाई बल पुर्याएको अभियोग श्रेष्ठमाथि छ ।
मन्त्री पदमा आसीन व्यक्तिले जातीय विभेदजस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई प्रश्रय दिएको भन्दै सुनार रिट लिएर सर्वोच्च अदालत पुगेकी थिइन् ।
रिटमाथि बिहीबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र नहकुल सुवेदीको इजलासले यस विषयमा श्रेष्ठविरुद्ध प्रभावकारी अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारका नाममा आदेश जारी गरेको हो । निवेदकले श्रेष्ठविरुद्ध दिएको जाहेरी दरखास्त रीतपूर्वक दर्ता भएको नपाइएको उल्लेख गर्दै सर्वोच्चले ‘जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नू/गराउनू’ भनी आदेश दिएको छ ।
सुनारले तत्कालीन मन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा पेस गरेको रिट असार २० गते दर्ता भएको थियो । मन्त्री श्रेष्ठले जातीय विभेद गरेको आरोप लागेकी प्रधानलाई मद्दत गरेको भन्दै उनीविरुद्ध जाहेरी दिँदा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय र प्रहरी कार्यालयले उजुरी लिन इन्कार गरेपछि सुनार सर्वोच्च पुगेकी थिइन् । उनले सर्वोच्चमा दर्ता गराएको रिटमा भनिएको छ, ‘बहालवाला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयको झन्डावाला गाडी लिएर प्रहरी परिसरमा गई अनुसन्धानलाई प्रभावित गरी मानवताविरुद्धको संगीन अभियोगमा अदालतबाट म्याद थप भई अनुसन्धानका क्रममा रहेको अभियुक्तलाई सरकारी गाडीमा बसाली उनको घरमै लगेर जातीय भेदभाव तथा छुवाछूत गर्ने कार्यमा मद्दत गरेको र अनुसन्धान तहकिकातमा बाधा पुर्याएको स्पष्ट छ ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
Leave a Reply