ओली सरकारले सिफारिस गरेका ८ राजदूत रद्द
३ साउन काठमाण्डौ । वर्तमान सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले राजदूतमा सिफारिस गरेका ८ देशका राजदूतको नाम फिर्ता लिएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषदले बैठकले परराष्ट्र सेवाभन्दा बाहिरबाट राजदूतमा सिफारिस ८ जनाको नाम फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
‘परराष्ट्र सेवाबाहेकका अन्य राजदूतमा सिफारिस गरिएकाहरुको नाम फिर्ता लिने निर्णय गरेका छौं,’ ती मन्त्रीले भने।
नाम फिर्ता हुनेमा रमेशचन्द्र पौडेल श्रीलंका, कृष्णचन्द्र शर्मा दक्षिण कोरिया, सुम्निमा तुलाधर अस्ट्रेलिया, जंगबहादुर जंगब ,चौहान रुस, नारायणप्रसाद संग्रौलाम्यान्मार, कुलप्रसाद नेपाल ब्राजिल, सुमित्रा सुवेदी डेनमार्क, र मेराज मुसलमान साउदी अरेबिया छन्।
प्रतिनिधि सभा विघटन भएका कारण संसदीय सुनुवाइ हुन नसकेपछि ३५ दिनपछि सरकारले सम्बन्धित देशमा एग्रिमोका लागि पठाएको थियो ।
यसअघि शैक्षिक योग्यता परिमार्जन कार्यविधि नै परिवर्तन गरी बहराइनका लागि राजदूत सिफारिस पूर्वमन्त्री युवराज कार्कीको शैक्षित योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतले रद्द गरिदिएको थियो।
त्यस समयमा परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्ले अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठ इजिप्ट राजदूत नियुक्त भएका थिए।
सम्बन्धित समाचार
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply