भीम रावलको राजीनामा विचाराधीन, फिर्ता लिन दबाब
४ साउन काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले संसद सदस्यबाट दिएको राजीनामा स्वीकृत भएको छैन । रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि आइतबार सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा पत्र बुझाएका थिए ।
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले रावलको राजीनामा विचाराधीन अवस्थामा रहेको जानकारी दिए । अहिले केही भएको छैन्उनले भने, सभामुखलाई बुझाउनु भएको हो । सभामुखले सभामा घोषणा गरेमा वा सूचना टाँसेमा मात्रै त्यो ‘इफेक्टिभ’ हुन्छ । अहिलेसम्म त्यो विचाराधीन अवस्थामा छ।
एमालेभित्रैबाट राजीनामा फिर्ता लिन रावललाई दबाब परेको छ। नेता सुरेन्द्र पाण्डेले रोक्दारोक्दै उनले राजीनामा पत्र पत्रकारहरुमाझ पढेर सुनाएका थिए ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको १०औं केन्द्रीय कमिटी बैठकमा रावलले हतारिएर राजीनामा दिएको भन्दै सकिने भए फिर्ता गराउनुपर्ने बताएका थिए ।
ओलीले माधव नेपालले १० बुँदे सहमति पालना नगर्ने र देउवालाई विश्वासको मत नदिई नछाड्ने भएपछि रावलले राजीनामा दिए पनि त्यो आवश्यक नरहेको भनेका हुन् ।
बैठका निर्णय सुनाउँदै प्रवक्ता प्रदीप ज्ञवालीलले पनि संवाददाताहरुमाझ रावलको राजीनामा ठीक नभएको बताए। एमाले नेता वामदेव गौतमले पनि राजीनामा अनुपयुक्त भएको बताएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply