दोस्रो अध्यक्षको प्रस्तावमा महासचिव पोखेरलको असहमति
१५ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा एकताका लागि खोजिने कुनै पनि विकल्प विधानसम्वत हुनुपर्ने बताएका छन् । साथै माधवकुमार नेपाल पक्षलाई धेरै प्रतिक्षा गर्न उचित नहुने उनको धारणा छ ।
शुक्रबार पार्टी कार्यालय, थापाथलीमा एमाले महासचिव पोखरेलले दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय भइसक्दा पनि तदारुकता नदेखिएको बताए । उनले अघि भने, अड्किएको कहाँ हो मैले पनि बुझेको छैन ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यदलमा रहेका काम गरेका नेताहरुलाई शुक्रबारसम्म कोशिश गरौं भनेको भन्दै उनले अघि भने, ‘सम्भवत आज बेलुकासम्म केही कुरा होलान् । त्यसपछि धेरै प्रतिक्षा गर्नु उचित हुँदैन भन्ने नै छ ।’
दोस्रो अध्यक्षको प्रस्ताव र समान हैसियत हुनुपर्ने नेपाल पक्षको अडानबारे सोधिएको प्रश्नमा महासचिव पोखरेलले पार्टीको विधान अनुसार हुनुपर्ने बताए । ‘पार्टीभित्र समझदारी बनाउन के गर्नुपर्ने हो, त्यसमा अधिकतम लचकता अपनाउने हो, तर त्यो अधिकता लचकता विधिसम्मत ढंगबाट हुनुपर्छ । एमालेको विधान, नियमावली, संस्थागत निर्णय अनुकुल हुनुपर्छ उनले भनेका छन् ।
दैनिक जसो अनेक प्रस्ताव आउने गरेको भन्दै उनले कुन प्रस्ताव के हो भन्ने ठेगान गर्नै कठिन रहेको बताए । पार्टीभित्र विग्रहकारी स्थिति अन्त्य हुनुपर्छ, त्यसका लागि सम्बन्धित सबै पक्षले कहाँ कहाँ आफूले भूमिका खेल्ने हो जिम्मेवारीपूर्वक खेल्नुपर्छ, तर कुनै पनि कुरा पार्टीको विद्धतिभन्दा फरक ढंगले हुन सक्दैन, पोखरेलले भनेका छन्, पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ । हामी २०७५ जेठ २ गते जाने कुरा गरिरहेका छौं । त्यहाँ बेलाको विद्यामान विधान र निमायवीले के भन्छ रु त्यसले अनुमति दिने स्वीकार गर्ने, त्यसमा व्यवस्था भएको कुरालाई सबैले पालना गर्नुपर्छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply