माओवादी केन्द्रका जिल्ला कमिटी खारेज
३२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको विधानमा भएको सांगाठानिक संरचना सशंसोध गर्दै जिल्ला कमिटीहरु खारेज गरेको छ । शनिबार र आइतबार बसेको केन्द्रीय समितिको बैठकबाट संशोधन र परिमार्जनसहित पारित अन्तरिम विधानमा माओवादी केन्द्रले पार्टीका सबै कमिटीलाई संघीय संरचनामा लैजाने निर्णय गरेको छ ।
संविधानअनुसार माओवादी केन्द्रले पनि स्थानीय, प्रदेश र केन्द्र तीनै तहमा पार्टी संरचना बनाउने भएको हो । अब माओवादीको जिल्ला संरचना हटाइएको छ भने जिल्लाको अधिवेशन पनि नगरी समन्वय समितिका रूपमा रहने भएका छन् ।
परिमार्जनअनुसार अब माओवादी केन्द्रले जिल्ला अधिवेशन गर्ने छैन । त्यस्तै, पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
निर्वाचनबाटै अध्यक्षसहित, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित चुनिने व्यवस्था गरिएको विधानमा उपमहासचिव राख्ने प्रस्ताव भने अस्वीकृत भएपछि हटाइएको छ । २०६९ साल माघ २० गते महाधिवेशन गरेको माओवादी केन्द्रले अध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव, ३ सचिव र १ कोषाध्यक्ष राख्ने व्यवस्था गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply