भारतमा पूर्वाधारमा १.३५ खर्ब लगानीको घोषणा
नयाँ दिल्ली । मुलुकको अर्थतन्त्रलाई बढावा दिन भारतले चाडैं १.३५ खर्ब डलर राष्ट्रिय पूर्वाधार योजना सार्वजानिक गर्ने भएको छ । आइतबार भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले सो घोषणा गरेका हुन् ।
पूर्वाधार योजनाले लाखौं भारतीय युवाले रोजगारीको अवसर पाउने प्रधानमन्त्री मोदीले बताए । ‘यसले स्थानीय निर्मातालाई विश्वव्यापीरुपमा प्रतिस्पर्धी बनाउनुको साथै मुलुकको आर्थिक समृद्धिको भावी सम्भावनाहरुको पनि विकास गराउँछ’ प्रधानमन्त्री मोदीले भने ।
कोरोना भाइरसको महामारीका कारण भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको मार्च महिनासम्मा ७.३ प्रतिशतमा खुम्चिएको छ ।
९० मिनेट लामो मन्तव्यका क्रममा प्रधानमन्त्री मोदीले आफ्नो सरकारले सान् २०१४ देखि यता प्राप्त गरेका उपलव्धी र कोरोना भाइरसको भ्याक्सिन अभियानमा खेलेको भुमिकाबारे चर्चा गरेका थिए ।
‘यस कुरामा हामी गौरवान्ति छौं कि कोभिड १९ को भ्याक्सिनका लागि हामी अरु कुनै देशप्रति निर्भर रहनु परेन’ उनले भने । भारतले अहिलेसम्म ५ सय लाख डोज खोप दिइसकेको छ । ११ प्रतिशत भारतीय वयस्कलाई कोरोनाको पूर्ण खोप दिइसकिएको छ ।
प्रधानमन्त्री मोदीले भारतलाई कार्वन उत्सर्जनमुक्त बनाउने प्रतिवद्धतालाई पनि पुरा गर्ने बताए । आफ्नो सरकारले सन् २०४७ सम्म भारतलाई ऊर्जामा आत्मनिर्भर बनाउन विद्युतीय गतिशीलता, सौर्य ऊर्जा र ‘ग्रीन हाइड्रेजन’ मा लागनी गरिरहेको र यसले काबर्नडाइअक्साइड उत्सर्जन पनि नगर्ने बताए ।
हालै सम्पन्न टोकियो ओलम्पिकका सहभागी भारतीय एथलेटिक्स खेलाडीको प्रशंसा गर्दै प्रधानमन्त्री मोदीले मन्तव्य शुरु गरेका थिए । सो प्रतियोगितामा भारतले एक स्वर्ण, दुई रजत र चार कास्य पदक जितेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply