एमाले केन्द्रीय कमिटीको बैठकमा वामदेव गौतम सहभागी नहुने
१० भदौं, काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक केहिबेरमा बस्दै छ । बैठक आज (बिहीबार) मध्याह्न १२ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्न लागेको हो ।
बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी नहुने भएका छन् । उनका स्वकीय सचिव दीपक टमाटाका अनुसार गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेपछि मात्रै सहभागिताका सम्बन्धमा टुङ्गो लाग्नेछ ।
दुवै नेतासँग छलफल गरेपछि मात्रै जाने / नजाने टुङ्गो हुन्छ । छलफल नभएसम्म बैठकमा जानु हुन्न’ उनले भने । गौतम पछिल्लो बैठकमा पनि सहभागी भएका थिएनन् । केही दिनअघि उनले एक वक्तव्य जारी गर्दै आफू नयाँ पार्टीमा गइनसकेको बताएका थिए ।
उपाध्यक्ष वामदेव गौतमले राजीनामाको घोषणा गरेका छन् । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिएका हुन् । ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म तपाईंसँग अब रहन्नँ र तपाईंलाई नेता मान्न पनि सक्दिनँ, तपाईले मलाई लखेट्नु भयो भनिसकेको छु’, नेता भने, उपयुक्त समयमा राजीनामा पठाई दिन्छु, सायद त्यो एक–दुई दिनभित्रै हुन्छ ।’ एमालेबाट राजीनामा दिने घोषणा गरे पनि माधव नेपालको पार्टीमा लाग्ने, नलाग्नेबारे गौतम खुलिसकेका छैनन् । अब आफ्नै ढङ्गले अघि बढ्ने गौतमले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply