जिफन्टमा विष्णु नै दोहोरिने
काठमाडौं । मजदुरहरूको प्रतिनिधिमूलक संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को छैटौं राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी पूरा भएको छ । आउँदो चैत १४ गतेदेखि १७ गतेसम्म काठमाडौंमा हुने उक्त महाधिवेशनको उद्घाटन नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले गर्नुहुनेछ ।
यस पटकको महाधिवेशनको नारा ‘रूपान्तरण श्रम शक्तिको विकासबाट’ छ । सो दिन भृकुटीमण्डपबाट जुलुस सुरु भई नेपाल प्रज्ञा–प्रतिष्ठानमा उद्घाटन हुनेछ । महाधिवेशन उद्घाटनकै दिन विदेशी अतिथिहरूका लागि आयोजित फोरम सोल्टी होटलमा हुने पनि महासंघले जनाएको छ । देशभरबाट ६ सय ५ जना प्रतिनिधि उपस्थित रहने उक्त महाधिवेशनको बन्दसत्र भने चैत १५ र १६ गते राष्ट्रिय सभागृहमा हुनेछ । सांगठनिक, राजनीतिकलगायतका प्रतिवेदनका साथै विधान संशोधन र आगामी कार्ययोजना प्रस्तुत हुने बन्दसत्रमा ती विषयहरूमा छलफल गर्न पाँच वटा समूह बनाइने पनि महासंघले जनाएको छ ।
विगतमा झंै यस पटक पनि केही पुराना मजदुर नेता बिदा हुने र केही नयाँ अनुहार नेतृत्व तहमा थपिने छन् । तर, अध्यक्षमा भने वर्तमान अध्यक्ष विष्णु रिमालले नै निरन्तरता पाउनुहुनेछ । अहिले महासंघको केन्द्रीय कार्यसमिति ५५ सदस्यीय छ । महाधिवेशन समापन भएको घोषणा चाहिँ चैत १७ गते एभरेस्ट होटलमा पत्रकार सम्मेलनमार्फत गरिनेछ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply