क्याप्टेनविरुद्ध प्रहरीमा गुहार
काठमाडौं । नेपाली सेनाका क्याप्टेन रेवन्त केसीले गरेका ठगी र महिला हिंसासम्बन्धी उजुरीको कार्यरथी विभाग प्राड विवाक भद्रकालीमा चाङ लागेको छ । पीडितका गुनासो सुन्ने सेनाको सो विभागले आवश्यक प्रमाण पाउँदा पनि कारबाही अघि नबढाएपछि मुद्दा महानगरीय प्रहरी परिसरमा पुगेको छ ।
जग्गा कारोबारमा लगानी गर्ने भन्दै केसीले ०६८ चैतमा सर्वसाधारणबाट झन्डै १ करोड रुपियाँ उठाएका थिए । तर, उनी रकम लिएर बेपत्ता भएपछि आफू ठगिएको थाहा पाएर पीडितमध्येकी एक गीता कार्कीले प्राड विवाकमा उजुरी दिएकी थिइन् । उनीसँग केसीले २५ लाख रुपियाँ लिएका थिए । घटना यतिमा मात्र सीमित रहेन । पछिल्लो समयमा क्याप्टेन केसीले उल्टै पीडित गीतालाई फोन गरेर अश्लील व्यवहार गर्न बाँकी नराखेको पीडितको भनाइ छ । विभिन्न मोबाइल नम्बरबाट फोन गर्दै अश्लील कुरा गर्न थालेपछि कार्की फेरि प्राड विवाक पुगिन् । ०७० पुस २१ मा पहिलो पटक र पुस २८ मा दोस्रो पटक जाहेरी दिइन् । प्राड विवाकमा रहेको उनको उजुरीको दर्ता नं १३२६ र १३७८ हो ।
तर, सेनाले कारबाहीमा चासो नदेखाएपछि कार्की प्रहरीको शरणमा पुगेकी थिइन् । गत फागुन १४ गते प्रहरी अनुसन्धान विभागमा उजुरी परेपछि एसएसपी रमेश खरेलको अग्रसरतामा प्रहरीले गीतालाई आएको फोन जाँचबुझ गरेको थियो । प्रहरीले ती नम्बरको डिटेल निकाली उनले फोन गरेका अरू व्यक्तिसँग सोधपुछ गर्दा क्याप्टेन केसी नै भएको प्रमाणित भएको थियो । फागुन २९ गते प्रहरी परिसरले सैनिक जंगी अड्डालाई आवश्यक कारबाहीका लागि अनुरोध गरेको छ । सो निवेदनको चलानी नम्बर ३४७० छ । पीडित कार्कीले केसीलाई कारबाही गरी पाऊँ भन्दै मानव अधिकार आयोग र महिला अधिकारसम्बन्धी संस्था ओरेकमा पनि निवेदन दिएकी छन् । सेनालाई दिएको जाहेरीमा क्याप्टेन केसीको भ्वाइस रेकर्डको सीडी पनि बुझाइएको छ । तर, यतिबिध्न प्रमाण हुँदाहुँदै सेनाले कारबाहीका लागि तादरुकता नलिएपछि पीडितहरू आश्चर्यमा परेका छन् ।
हाल नेपालगन्ज ४ नं गुल्ममा दरबन्दी भएका क्याप्टेन केसी सेनाको ५०७८ नम्बर ब्याचका हुन् । क्याप्टेन केसीले आफ्नो मोबाइल नम्बर अस्पतालको सार्वजनिक शौचालयमा लेखेर जथाभावी फोन गर्न लगाएको कार्कीले बताइन् । फोनमा ‘तिम्रो दाम कति हो ?’ भन्दै चारित्रिक रूपमा निम्न स्तरको कुरा गर्ने गरिएको कार्कीले बताइन् । क्याप्टेन केसीले आयुस कार्कीको नाममा आफ्नो फेसबुक खोलेका छन् । त्यही फेसबुक एकाउन्टमार्फत प्रहरीले उनीमाथि अनुसन्धान गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply