संसद बैठक शुक्रबारसम्मका लागि स्थगित
२३ भदौं, काठमाडौं । संसद बैठक भदौ २५ गते शुक्रबारसम्मका लागि स्थगित भएको छ । एमालेका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै लगातार दोस्रो पटक संसद अवरुद्ध गरेपछि बैठक भदौ २५ गते शुक्रबार १ बजे बस्ने गरी स्थगित भएको हो ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले एमालेले कारवाही गरेका सांसदहरुको सम्बन्धमा सूचना नदिएको भन्दै अनुत्तरित प्रश्न सिर्जना भएको बताएका थिए ।
लगत्तै संसद बैठक १५ मिनेटका लागि रोकिएको थियो । पुनः सभामुख सापकोटाले बैठक सुरु गरे पनि सांसदहरुले अवरोध गरे । नारावाजीसहित रोष्ट्रम घेरेपछि सभामुख सापकोटाले बैठक सञ्चालन गर्न सहयोग गर्न एमाले सांसदहरुसँग आग्रह गरेका थिए । तर, एमाले सांसदहरुको लगातारको अवरोधपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो ।
नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस
राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेस भएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदको नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस भएको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply