बुधबारदेखि सरकारी खर्च रोकिने
२९ भदौ, काठमाडौं । प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा बुधबारदेखि सरकारी खर्च रोकिने भएको छ।
संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ।
सो व्यवस्थाअनुसार बुधबार समयावधि सकिँदैछ। संसद बैठक नै असोज ४ गतेसम्मका लागि स्थगित भएको छ।
समयमै विधेयक पारित हुन नसकेपछि सरकारी खर्च रोकिए पनि कर भने उठ्ने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए।
आजको संसद बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा केही दिन सरकारी खर्च रोकिन सक्ने तर ठूलो असर नपर्ने बताए।
सो अवसरमा शर्माले भने ‘विधेयक पारित गर्नका लागि केही समय ग्याप रह्यो भने सरकारी खर्च रोकिन पनि सक्छ, खर्च रोकिए पनि कर उठ्छ।
आज भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको रोष्टम घेराउ र नाराबाजीबीच सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको बैठक अघि बढाएका छन्। सभामुख सापकोटाले बैठक सुरु भएको जनाए लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु नाराबाजी गर्दै रोष्टम अघि आइपुगेका थिए।
तर उनले त्यसबारे कुनै टिप्पणी गरेनन्। अघिल्ला दिनहरुमा जस्तो उनले न त प्रतिपक्षीहरुलाई बस्न भने न त बैठकमा नाराबाजी रोक्न आग्रह नै नै गरे।
बैठक सुरु भए लगत्तै उनले विनियोजन विधेयक अर्थात् बजेट माथिको सैद्धान्तिक छलफल अगाडि बढाए। अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न समय दिए।
शर्माले प्रस्ताव राखेपछि बोल्न नेमकिपाका सांसद प्रेम सुवाललाई समय दिए। सुवालले आफ्नै स्थानबाट एमसिसीको विरोधमा वक्तव्य दिए। अर्थमन्त्री शर्माले जवाफ दिन रोष्टम पुगे। उनले सुवालले राखेको विचारका लागि धन्यवाद भन्दै छोटो टिप्पणी मात्र गरे। प्रतिपक्षीहरुले नारा लगाइरहे। सभामुखले विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गरे। प्रस्ताव बहुमतले स्वीकृत भयो।
त्यसपछि सभामुखले पूर्व राष्ट्रिय सभा सदस्य रुक्मशमशेर जबरा र संविधान सभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव राखे। शोक प्रस्तावका मौन धारण गर्न आग्रह गर्दा रोष्टममा उभिएका प्रमुख प्रतिपक्षीले नाराबाजी रोके।
मौनधारणा पछि सभामुखले प्रतिनिधि सभाको अर्को बैठक असोज ४ गते बिहान ११ बजे बस्ने जानकारी दिए।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply