आधिकारिक ट्रेड युनियनको अध्यक्षमा केदार देवकोटालाई पठाउने निर्णय

२ असोज, काठमाडौं । नेपाल निजामति कर्मचारी संगठनले आधिकारिक ट्रेड युनियनका पदाधिकारी र सदस्यहरुलाई फिर्ता बोलाएर नयाँ नेतृत्वको नाम सिफारिस गरेको छ ।
चार वर्षअघि भएको निर्वाचनमा अरु संगठनलाई पराजित गरेको निजामति कर्मचारी संगठनले अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षसहित ११ जना प्रतिनिधि पठाएको थियो ।
तत्कालीन अध्यक्ष पुन्य ढकाल उपसचिवमा बढुवा भएपछि उपाध्यक्ष भोला पोखरेल आधिकारिक ट्रेड युनियनको कार्यवाहक अध्यक्ष छन् । युनियनको निर्वाचन नहुँदा अहिलेसम्म सोही कार्यसमिति कायम छ ।
नेपाल निजामति कर्मचारी संगठनको शनिवार बसेको केन्द्रीय समिति बैठकले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा संगठनका अध्यक्ष केदार देवकोटालाई पठाउने निर्णय गरेको छ ।
संगठनको राष्ट्रिय भेलामा महासचिव रेवन्त गौतमले सो जानकारी दिएका हुन् । बैठकले संगठनले आधिकारिक ट्रेड युनियनमा पठाएका उपाध्यक्ष भोलानाथ पोखरेल, कोषाध्यक्ष सिन्धु पाण्डेसहितलाई फिर्ता बोलाउने निर्णय गरेको उनले बताए ।
अब आधिकारिक ट्रेड युनियनको अध्यक्ष केदार देवकोटा, उपाध्यक्ष जीवन काफ्ले, कोषाध्यक्ष रेणुका केसी सिफारिस भएका छन् । त्यस्तै सदस्यहरुमा ललित मल्ल, गौतम पोखरेल, तेजप्रसाद, विवेक घिमिरे, कृष्णवहादुर केसीको नाम पठाइएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply