भारतले १० लाख डोज कोभिसिल्ड खोप अर्को साता पठाउने
२० असोज, काठमाडौं । भारतले नेपालले खरिदका लागि ‘अर्डर’ गरिसकेको १० लाख डोज कोभिसिल्ड खोप अर्को साता पठाउने भएको छ ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई सिंहदरबारमा भेटेर यस्तो जानकारी दिएका हुन् । बुधबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर राजदूत क्वात्राले मन्त्री खड्कासँग भेट गरेर द्विपक्षीय सम्बन्ध सबै महत्वपूर्ण आयामबारे छलफल भएको बताइएको छ ।
अर्को सातादेखि भारतबाट नेपालमा आपूर्ति हुने कोभिसिल्ड खोपबारे पनि यो भेटमा कुरा भएको छ’, परराष्ट्र मन्त्रालयले भनेको छ, भारतबाट अर्को साता १० लाख डोज कोभिसिल्ड खोप आउने निश्चित भएको छ ।
नेपालमा हालसम्म भारत सरकारको अनुदानबाट १० लाख डोज, सरकार आफैले खरिद गरेको १० लाख डोज, भारतीय सेनाले नेपाली सेनालाई दिएको एक लाख डोज र कोभ्याक्स सुविधा अन्तर्गतको ३ लाख ४८ हजार डोज गरी कूल २४ लाख ४८ हजार डोज खोप आइसकेको छ ।
एक वर्षअघि नै सरकारले २० लाख डोज खोप खरिदका लागि खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई ८० प्रतिशत रकम भुक्तानी गरेको थियो । त्यसमध्ये १० लाख डोज खोप नेपाल आइसकेको छ । तर बाँकी १० लाख डोज खोप सिरमले अहिलेसम्म दिएको थिए । सिरमले नदिएको त्यही खोप अर्को साता पठाउने जानकारी क्वात्राले दिएका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply