दशैंको मुखमै दुई नाबालक छोराको हत्यापछि आमाले गरिन् आत्महत्या
२३ असोज, धनुषा । धनुषाको नगराइनकी एक महिलाले दशैंको मुखमा दुई नाबालक छोराको हत्या गरेर आफूले पनि आत्महत्या गरेकी छिन् ।
धनुषाको नगराईन नगरपालिका–४ लगकी गुरुदेव साहकी श्रीमती गुडियादेवी साहले शुक्रबार साँझ दुई नाबालक छोराको हत्यापछि आफूले पनि आत्महत्या गरेकी हुन् । श्रीमान घर बाहिर रहेको बेला ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्यलाई डोरीले घाँटी कसेर हत्या गरेपछि उनले पनि आत्महत्या गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । गुडियादेवीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
‘श्रीमान केही कामको शिलशिलामा जनकपुर गएको बेला गुडियाले साँझ ६ बजेतिर आफ्नै घरमा दुई नाबालक छोराको डोरीले घाँटी कसेर हत्या गरिछन्,’ बस्नेतले भने, नाबालक दुई छोराको हत्यापछि उनले पनि सोही डोरीले पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धनबाट खुलेको छ । थप अनुसन्धान गरिरहेका छौं ।
प्रहरीका अनुसार गुडियाले घटना गर्नुअघि ३ बजेतिर श्रीमानलाई फोन गरेर घर कतिबजे फर्किने भनेर सोधेकी थिइन् । गुडिया र गुरुदेवबीच प्रेम विवाह भएको थियो । प्रेम विवाह माइती पक्षले हालसम्म स्वीकार नगरेको पाइएको प्रहरीले जनाएको छ ।
‘घरमा श्रीमानसँग कुनै विवाद देखिँदैन, माइतीपक्षले आफ्नो विवाह अस्वीकार गरेकै कारण उनले छोराहरुको हत्यापछि आत्महत्या गरेको जस्तो देखिन्छ,’ डिएसपी बस्नेतले सुनाए । तीनै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply