यथास्थितीमा एमसीसी पास हुनसक्दैन : परराष्ट्रमन्त्री खड्का
६ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले यथास्थितीमा अमेरिकी अनुदान सम्झौता (एमसीसी) अनुमोदन हुन नसक्ने बताएका छन् ।
बिराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा सबै दल र पक्षको साझा सहमतीपछि मात्र एमसीसी पास हुने बताए । सहमती जुटाउन प्रयत्न भैरहेको समेत उनले बताए ।
केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई पास गर्नुपर्ने बताउँदै केही पक्षले बखेडा झिक्ने प्रयास गरिरहेको बताएका थिए । त्यसको केही दिनमै परराष्ट्रमन्त्रीको यस्तो भनाइ आएको हो ।
सो पत्रकार भेटघाटमा मन्त्री खड्काले अर्ली इलेक्सनको सम्भावना समेत नरहेको बताए । सत्तारुढ गठबन्धनको सहमतीपछि मात्र अर्ली इलेक्सनबारे टुंगो लाग्ने उनले बताए ।
प्रदेश १ सरकारको नेतृत्व कांग्रेसले गर्ने सम्भावना रहेको बताउँदै उनले प्रधानमन्त्री देउवा बेलायत भ्रमणमा जानुअघि नै प्रदेश सरकारको नेतृत्वको टुंगो लाग्ने जनाए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
Leave a Reply