भारतमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु
२४ कात्तिक, काठमाडौं । भारत राजस्थानको बाडमेर जिल्लाको जोधपुर नेशनल हाईवेमा बस र ट्रक (ट्रेलर) ठोक्किएका छन् । राजमार्गमा गलत दिशाबाट आइरहेको ट्रेलर बसमा ठोक्किँदा १२ जनाको मृत्यु भएको छ ।
भाडियावास गाउको संस्कार स्कूल नजिकै बिहान १०:३० बजे बस र ट्रेलर एकआपसमा ठोक्किएको भारतीय समाचार माध्यमले जनाएका हुन् ।
आपसमा ठोक्किएलगत्तै बस र ट्रेलनमा आगो लागेको थियो । आगोमा जलेर १२ जनाको मृत्यु भएको समाचार माध्यमले जनाएका छन् ।
जिउँदै जलेर ज्यान गुमाउनेमा एक बालिका समेत रहेको प्रहरीको भनाइ छ । दुर्घटनामा परी घाइते भएका ४० जनाको उपचार भइरहेको छ । यसमध्ये १३ जना गम्भीर घाइते भएको र उनीहरूलाई थप उपचारका लागि जोधपुर पठाइएको छ ।
समाचारअनुसार बस र ट्रेलर ठोक्किएपछि लागेको आगो दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो । घटनामा परेका एक यात्रीका अनुसार बालोतराबाट जोधपुर जाँदै गरेको बसमा ३५-४० जना यात्रु सवार थिए ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply