कानुन व्यवसायीले आइतबार पनि सर्वोच्चमा धर्ना दिने
२७ कात्तिक, काठमाडौं । नेपाल बार एशोसियसनले आइतबार पनि सर्वोच्च अदालतको मुलगेट अगाडि धर्ना दिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको बारले जबरालाई सर्वोच्चमा प्रवेश निषेध गर्ने जनाएको छ ।
प्रधानन्यायाधीशले राजीनामा नदिँदासम्म आन्दोलन जारी रहने बारका महासचिव अधिवक्ता लीलामणी पौडेलले बताए । एशोसिएसन अध्यक्ष अधिवक्ता चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश राजीनामाको विकल्प नभएको बताए । उनले भने, न्यायीक क्षेत्रको विचलनमा प्रधानन्यायाधीशको पनि भूमिका देखिएको छ। उहाँको राजीनामा नै हाम्रो बटम लाइन हो । आइतबार बिहान १० देखि ११ बजेसम्म सर्वोच्चको मुलगेट अगाडि धर्ना दिने कार्यक्रम तय भएको छ ।
बारले कानुन व्यवसायीहरुलाई आइतबार बिहान ९ बजे बारमा उपस्थित हुन आह्वान गरेको छ । १९ न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरेका छैनन् तर, प्रधानन्यायाधीशले इजलास तोक्दै आएका छन् । कानुन व्यवसायीहरुले बहस पैरबी नगर्ने घोषणा गरिसकेका छन् । शुक्रबार कानुन व्यवसायीहरुले सर्वोच्चको मुल गेट अगाडि धर्ना दिएपछि अर्को गेटबाट प्रधानन्यायाधीश सर्वोच्च प्रवेश गरेका थिए ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
Leave a Reply