तीन महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । करिव ३ महिनापछि सत्तारुढ दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्न लागेको हो । दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा महाधिवेशन तयारीबारे छलफल हुनेछ ।
शनिबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकमा हुने छलफलका लागि महाधिवेशन तयारीका एजेण्डा तयार पारेको छ । बैठकले केन्द्रीय निर्वाचन समितिले तयार पारेको १४ औं महाधिवेशन कार्यतालिका अनुमोदन गर्नेछ । भातृ तथा विदेशस्थित जनसम्पर्क समितिबाट महाधिवेशनमा भाग लिने प्रतिनिधिहरु र सरकार सञ्चालनको विषयमा समेत छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछन् । सर्वोच्च अदालतको विवादबारे पनि बैठकमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय निर्वाचन समितिले परिमार्जन गरेको महाधिवेशन कार्यतालिका अनुमोदन गर्ने, महाधिवेशनका लागि आवश्यक समितिहरु गठन, महाधिवेशन प्रयोजनका लागि विधानका विभिन्न धारा–उपधारा निलम्बन गर्ने बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply