प्रदुषण बढेपछि दिल्लीका स्कुल र सरकारी कार्यालय बन्द
२८ कात्तिक,नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नागरिकहरुलाई केही समय राहतको सास फेर्न दिने भन्दै सरकारले एक हप्ताका लागि स्कुललगायत सबै सरकारी कार्यालयहरु बन्द गर्ने घोषणा गरेको छ । यसमा निजी अफिसहरुलाई पनि घरबाटै काम गर्न भनिएको छ ।
सडकमा सवारी साधनको सङ्ख्या घटाउनका लागि यस्तो गर्न लागिएको हो । यसले गाडीबाट निस्कने धुँवाले वायु प्रदुषणमा पुग्ने योगदान कम गराउने उनीहरुको अपेक्षा छ । त्यस्तै निर्माण कार्यसम्बन्धी गतिविधि पनि निषेध गरिएको छ जसले धुलोको प्रदुषण कम गर्नेछ ।
स्कुल बन्द भए पनि अनलाइन क्लास जारी रहने बताइएको छ जसले बालबालिकाहरुको पढाइमा कुनै असर पु¥याउने छैन । महामारीका कारण स्कुलहरु लामो समय बन्द रहँदा विद्यार्थीहरले पहिले नै धेरै पढाइ गुमाइसकेका छन् । दिल्लीका मुख्य मन्त्रीले शनिबार बेलुका घोषणा गर्दै अहिलेका लागि पूर्ण लकडाउनमा नगएको तर छोटो समयसम्म सबै बाहिरी क्रियाकलाप बन्द गर्ने सम्बन्धी योजना बनिरहेको बताएका हुन् ।
हाल दिल्ली सरकारले छोटो समयका लागि शहर लकडाउन गर्ने सम्बन्धी प्रस्ताव सर्वोच्च अदालतमा पेश गरिरहेको छ । अहिलेका लागि चाहिँ दिल्लीलाई दुई दिन पूर्ण लकडाउन गर्नेबारे विचार भइरहेको छ । दिल्लीको हावाको गुणस्तर यतिबेला अत्याधिक खराब स्थितिमा रहेको छ । धुँवा धुलोले सास फेर्न र आँखा हेर्न मुस्किल बनाइदिएको छ । टाइम्स अफ इण्डियाबाट
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply