विप्लवको बन्दले गाडी नचल्दा यात्रुलाई सास्ती
३० कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ।
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको बिरोधमा चरणबद्ध कार्यक्रम गर्दै आएको नेकपाले आजका लागि नेपाल बन्द आह्वान गरेको हो।
विशेषगरेर बन्दको कारण सबारी साधन नचल्दा यात्रुहरुले सास्ती पाएका छन्।
काठमाडौँ उपत्यकामा बिहानैदेखि गाडी नचल्दा उपत्यका बाहिरबाट राजधानी भित्रिएका यात्रुहरुको बिचल्ली भएको छ। उनीहरु रातिदेखि नै सवारी साधनको प्रतिक्षामा सडकमा बसेका छन्।
काठमाडौंको नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खु लगायतका ठाउँमा रहेका यात्रुले गन्तव्यमा जानको लागि सबारी साधन पाएका छैनन्। काठमाडौं उपत्यकामा रातिदेखि नै ट्याक्सीसमेत नचल्दा यात्रुहरुले अझ सास्ती पाएका छन्।
बिहानैदेखि काठमाडौँ उपत्यकाबाट लामो गन्तव्यका लागि छुट्ने कुनै पनि सबारी साधन नचलेका नागढुंगा प्रहरीले जनाएको छ।
प्रहरी प्रभाव नागढुंगाकी प्रमुख प्रहरी निरीक्षक निरु दुवालका अनुसार गएराति फाट्टफुट्ट रुपमा सवारी साधन चलेका भए पनि आज बिहानबाट भने नागढुंगा नाकाबाट सबारी साधनको आवतजावत ठप्प छ।
बन्दको कारण राजधानीमा पसलहरु पनि खुलेका छैनन्। उपत्यका बाहिरका पनि बन्दको प्रभाव परेको छ। विशेष गरेर सार्वजनिक सबारी साधनमा बन्दको प्रभाव परेको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply