सत्ता गठबन्धनको समन्वय समितिको पहिलो बैठक बस्दै

३० कात्तिक, काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले गठन गरेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको पहिलाे बैठक आज बस्दै छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित समितिको बैठक सिंहदरबारमा बस्ने भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दिउँसो २ बजे बस्ने संयोजक पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए।
पाँचदलीय गठबन्धनले आगामी दिनमा चुनावी तालमेल गर्न, सरकारका काम/कारबाहीमा समन्वय गर्न, गठबन्धनबीच अन्तर्विरोध भए निवारण गर्न भन्दै कात्तिक २२ गते समन्वय समिति गठन गरेको हाे।
त्यसयता मंगलबार यसकाे पहिलो बैठक बस्न लागेको हो।
संयोजक पौडेलका स्वकीय सचिव अधिकारीले पहिलो बैठक भएकाले एजेन्डा तय भइनसकेको बताए।
पहिलो बैठक हो। ठोस एजेन्डा के–के हुन् भन्नेबारे केही भनिएको छैन’ उनले भने, बैठक बसेर समितिले के–के गर्ने भन्ने छलफल हुने भनिएको छ। बैठकको समन्वय सञ्चारमन्त्रीले गरिरहनुभएको छ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply