एमाले अध्यक्षमा उठ्ने भीम रावलको घोषणा
५ मंसिर, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।
आज रिपोटर्स कलवमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका हुन् ।
वर्तमान अध्यक्ष केपी शर्मा ओली नै पुनः सर्वसम्मत अध्यक्ष हुने चर्चाका बीच रावलले उमेदवारी घोषणा गरेका हुन् । मैले जहिले पनि पार्टी एकताको पक्षमा उभ्याउँदै आएको छु । पछिल्लो पटक देखिएको विवादमा पार्टीले थप क्षति व्यहोर्न नपरोस् भनेर पार्टी एकताको पक्षमा र विभाजन तथा फुटको विपक्षमा उभिएको छु, उनले भने, मैले हतोत्साहित भएर हुँदैन । सशक्त एमाले सबैको चाहना र सरोकारको विषय हो। यस पार्टीको सिर्जना र विकासमा भएको सबैको प्रयास सार्थक होस् ।
उनले वर्तमान प्रतिस्पर्धी विश्वमा पार्टी नेतृत्वमा उठ्ने बताएका छन् । वर्तमान प्रतिस्पर्धी विश्वमा पार्टीलाई नेतृत्व दिने अठोट गरेको छु, उनले भनेका छन्, चितवनमा हुने दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको छु । एमालेको राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
Leave a Reply