इच्छाराज तामाङमाथिको अनुसन्धान सकियो : आठ वर्ष कैद र साढे ५ अर्ब बढी बिगो माग
१० मंसिर, काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले बिहीबार प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिएका छन् ।
प्रहरीले ३६ जनालाई अभियुक्त ठहर गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको छ । यीमध्ये सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्व अध्यक्ष समेत रहेका इच्छाराज तामाङ, उनकी श्रीमती सिर्जना र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई मुख्य अभियुक्त बनाइएको छ । बाँकीलाई मतियारको रुपमा प्रहरीले प्रतिवेदन बुझाएको छ ।
उनीहरुलाई आठ वर्षका दरले कैद र ५ अर्ब ५९ करोड बिगो दाबी गरिएको छ । सहकारीका १,४८७ जना निक्षेपकर्ताले उनीहरुविरुद्ध प्रहरीमा ठगीको जाहेरी दिएका थिए । ठगीमा संलग्न रहेको अभियोगमा तामाङसहित वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ, प्रबन्धक भगवान बहादुर सिंह, जुनियर अधिकृत शंकरप्रसाद पाठक, लेखा अधिकृत राकेश महर्जन, सहायक प्रबन्धक बुद्धराज तामाङ पक्राउ परेका छन् ।
यस्तै जुनियर सहायक प्रबन्धक कौश्तुप चेतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह, पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने, जुनियर असिस्टेन्ट म्यानेजर एलिना तुलाधर, जुनियर असिस्टेन्ट म्यानेजर मायोनानी महर्जन र असिस्टेन्ट संगीत श्रेष्ठ पक्राउ परेका छन् । बाँकी २४ जना फरार छन् । अब सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गर्ने र थुनछेक बहस हुनेछ । प्रहरीले तामाङसहित १२ जनालाई असोजमा पक्राउ गरेको थियो । गत असोज १८ गते तामाङ पक्राउ परेका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply