महाधिवेशन सार्न चलखेल
काठमाडौं । आगामी जेठको अन्तिम साता तोकिएको नेकपा (एमाले)को नवौं महाधिवेशन सो मितिबाट अझै पछाडि धकेल्न पार्टीभित्रैबाट चलखेल सुरु भएको छ । दिल्लीमा उपचाररत नेता केपी ओलीको स्वास्थ्यलाई कारण बनाएर महाधिवेशन सार्ने लबिङ सुरु भएको बुझिएको छ ।
गत हप्ता महासचिव ईश्वर पोखरेलले ओलीलाई भेटेर फर्किएपछि महाधिवेशन सर्नसक्ने बारे पार्टीभित्र र बाहिर पनि गाइँगुइँ चल्न थालेको हो । सोमबार डाकिएको महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बिनाकारण स्थगित गरिएपछि यसलाई पार्टीपंक्तिबाटै विभिन्न कोणबाट व्याख्या गर्न थालिएको छ । एक पोलिटब्युरो सदस्यले भने– ‘यो ढिलाढिला भनेको महाधिवेशन सार्नका लागि हो । चाँडै नै पार्टीमा महाधिवेशन सार्ने प्रस्ताव आउने बलियो सम्भावना छ’– उनले भने– ‘चैत भरिमा दस्तावेज लेखनको काम पूरा गर्ने भनिएको छ, तर अब पाँच दिन बाँकी छ । पाँच दिनमा दस्तावेज लेखनको काम सकिने कुरा कुनै हालतमा सम्भव छैन, यो गतिले कसरी निर्धारित मितिमा महाधिवेशन हुन्छ ?’
हिजो फागुन महिनाभन्दा पछाडि महाधिवेशन लगियो भने संसारै खस्छ, पार्टीको वैधानिकता नै समाप्त हुन्छ भन्नेहरू नै अहिले महाधिवेशन सार्ने चलखेलमा लागेको पनि उनले बताए । तर, महाधिवेशन सर्ने सम्भावनालाई कतिपय नेता अस्वीकार गर्छन् । प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले आफूलाई महाधिवेशन सर्छ भन्ने नलागेको बताए । उनले भने– ‘मूल काम भनेको सदस्यता नवीकरण र दस्तावेज लेखन हो, यो काम भइरहेको छ । हामीसँग अझै दुई महिना समय बाँकी छ, त्यो समय भनेको प्रशस्त हो ।’
गत चैत १८ गते बसेको मूल व्यवस्थापन समितिको सचिवालय बैठकले पाँच दिनभित्र उपसमितिहरूलाई पूर्णता दिने निर्णय गरेको थियो । केन्द्रीय कमिटीले उपसमितिका संयोजकहरू तोकिसकेको छ । संयोजकहरूले आ–आफ्नो उपसमितिमा रहने सदस्यको नाम मूल व्यवस्थापन समितिमा सिफारिस गरेपछि मूल व्यवस्थापनले पूर्णता दिनुपर्छ । त्यसैका लागि सोमबार मूल व्यवस्थापनको बैठक डाकिएको थियो । तर, अध्यक्ष झलनाथ खनाल अनुपस्थित भएको कारण देखाएर बैठक स्थगित गरिएको थियो । यद्यपि, संयोजकहरूले आफ्ना उपसमितिमा रहने सदस्यहरूको नाम छनोटको गृहकार्य गरिरहेको पनि प्रचार प्रमुख ज्ञवालीले बताए । ‘जुन दिन मूल व्यवस्थापनको बैठक बस्छ, त्यही दिन उपसमितिले पूर्णता पाउँछन्’– ज्ञवालीले भने ।
स्वास्थ्य उपसमितिको संयोजक समेत रहेका केन्द्रीय सदस्य योगेश भट्टराई पनि महाधिवेशन सर्ने कुरामा विश्वास गर्दैनन् । भट्टराईले भने– ‘तोकिएकै मितिमा महाधिवेशन हुन्छ, समय अझै घर्किएको छैन ।’ जुन दिन मूल व्यवस्थापन समितिको बैठक बस्छ त्यसै दिन आफ्नो उपसमितिमा रहनेहरूको नाम बुझाउने पनि भट्टराईले बताए ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply