सिरहामा छुरा प्रहार प्रकरण : विरोध प्रदर्शनले गोलबजार तनावग्रस्त, राजमार्ग बन्द

५ पुस, सिरहा । एक युवकमाथि छुरा प्रहार गरी गरिएको हत्याको विरोधका कारण आज पनि सिरहाको गोलबजार तनावग्रस्त बनेको छ । गोलबजार नगरपालिका-६ का २६ वर्षका रामकुमार सदालाई छुरा प्रहार गरी हत्या गर्नेलाई प्रहरीले अझै पक्राउ गर्न नसकेको भन्दै स्थानीयवासीले पूर्व-पश्चिम राजमार्ग नै बन्द गराएका गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले जानकारी दिए ।
हिजो आइतवार छुरा प्रहार गरी हत्या गर्ने अभियुक्तहरुलाई २४ घण्टाभित्र पक्राउ गर्ने प्रतिबद्धता प्रहरीले पूरा नगरेको भन्दै स्थानीयवासीले पूर्व-पश्चिम राजमार्ग नै बन्द गरेका हुन् । सडक खुलाउन प्रहरीले माइकिङ गरे पनि प्रदर्शनकारीले प्रहरीमाथि नै ढुङ्गामुडा गरेका छन् । त्यसपछि प्रहरीले पनि लाठीचार्ज गरेको छ । प्रदर्शनकारी र प्रहरी दुवैतर्फका केही व्यक्ति घाइते भएका मेयर साहले बताए ।
हिजो छुरा प्रहारबाट गोलबजार नगरपालिका-६ का २६ वर्षीय रामकुमार सदायको ज्यान गएको थियो । छुरा प्रहारबाटै उनका साथी निकेश सदाय गम्भीर घाइते भएका छन् । मृतकको शव भने परिवारले बुझेका छैनन् ।
छुरा प्रहार गरी हत्या गर्नेलाई पक्राउ गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने प्रदर्शनकारीको माग छ । उनीहरूले अपराधी ठूला व्यक्ति भएकाले प्रहरी आर्थिक प्रलोभनमा परेर पक्राउ गर्न नचहेको आरोप समेत लगाएका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply