एमालेको लुम्बिनी प्रदेश अधिवेशन माघ ८मा
६ पुस, काठमाडौं । नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशन आगामी माघ ८ गते नेपालगन्जमा हुने भएको छ।
सोमबार दाङको बाह्रकुनेमा सम्पन्न एमाले प्रदेश संगठन कमिटीको बैठकले प्रदेश अधिवेशनको मिति (माघ ८) र स्थान (नेपालगन्ज) तय गरेको हो।
अधिवेशनका लागि एमाले लुम्बिनी कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा १ हजार १ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ। विभिन्न उपसमिति पनि बनाइएको छ।
अधिवेशनका लागि प्रदेश निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि चुनिने छन्। जसअनुसार प्रदेश निर्वाचन क्षेत्रबाट २ सय जना संगठित सदस्य बराबर १ प्रतिनिधि चुनिने कमिटीका उपाध्यक्ष श्रेष्ठले जानकारी दिए।
त्यसरी चुनिँदा एकतिहाइ महिला अनिवार्य गर्नुपर्ने विधानमा व्यवस्था छ। समावेशितालाई पूर्ण ध्यान दिनुपर्ने छ’, उनले भने, ‘अधिवेशनबाट २ सय ५ सदस्यीय प्रदेश कमिटि चयन हुनेछ।
त्यसअघि पुस २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय एमालेले गरेको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply