न्यायाधीश मीरा खड्काको स्पष्टीकरण : मैले जन्ममितिमा सच्याएको छैन, न्याय परिषदको त्रुटी हो
९ पुस, काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश मीरा खड्काले आफ्नो जन्म मिति फरक-फरक नरहेको स्पष्ट पारेकी छन् । न्यायाधीश खड्काको फरक-फरक जन्ममिति रहेको भन्दै केही सञ्चारमाध्यमले समाचार प्रकाशन गरेपछि उनले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेकी हुन् ।
न्याय परिषद्ले प्रकाशित गरेको कुनै प्रकाशनमा त्रुटिवश कुनै न्यायाधीशको वैयक्तिक विवरण केही सामान्य फरक लेखिन गएको कुरालाई लिएर न्यायाधीशको वैयक्तिक चरित्रमा प्रश्न उठाइनु उचित होइन, खड्काको विज्ञप्तिमा लेखिएको छ, न्याय परिषदद्वारा राखिएको शैक्षिक प्रमाणपत्र समेतका अभिलेखमा मेरो जन्ममितिको पूणर् र यथार्थ विवरण नै उल्लेख छ । मैले जन्ममिति सच्याउनु पर्ने कुनै कारण छैन र सच्याएको पनि छैन ।
एसएलसीलगायतका आफ्ना सम्पूर्ण शैक्षिक तहका प्रमाणपत्रहरुमा जन्म मिति वि.सं. २०१४ जेठ २ भन्ने नै उल्लेख भएको खड्काले बताएकी छन् । शाखा अधिकृत पदमा न्याय सेवामा प्रवेश गरेपछि २०३९ साल भरेको निजामति कर्मचारीको नोकरी तथा वैयक्तिक विवरण फारममा पनि त्यही उल्लेख रहेको उनको भनाइ छ। न्यायाधीशको हैसियतमा २०६१ र २०७१ सालमा भरेको विवरणमा पनि २०१४ जेठ २ भन्ने उल्लेख रहेको उनको दाबी छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply