एमाले महाधिवेशन तयारी सुस्त
काठमाडौं । नेकपा (एमाले) को नवौं महाधिवेशनका लागि निर्धारित मिति आउन ५० दिन पनि बााकि छैन । दिन जति जति नजिकिदैछ, तयारीमा देखिएको सुस्तताले निर्धारित मितिमा महाधिवेशन हुने कुरामा प्रश्न खडा गरेको छ । सबैभन्दा महत्वपुर्ण मानिने दस्तावेज लेखनको काममा भएको सुस्तताले आम कार्यकर्ता पंक्तिमा नै अन्यौल सिर्जना गरेको छ । जेठ २५ गतेवाट महाधिवेशन गर्ने गरि मूल व्यवस्थापन समिति र विभिन्न उपसमिति गठन गर्ने बाहेक महाधिवेशन तयारीका अरु कुनै ठोस काम भएको छैन । महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित मूल व्यवस्थापन समिति अन्र्तगतको सचिवालय बैठकले पााच दिन भित्र उपसमितिलाई पुर्णता दिने निर्णय गरेको आज १४ दिन भइसकेको छ । तर, त्यसयता सचिवालयको समेत बैठक बस्न सकेको छैन । अध्यक्ष झलनाथ खनालको अनुपस्थितिको कारण देखाउादै गत चैत २४ गते स्थगित गरिएको बैठक आज दिउासो १२ बजेका लागि डाकिएको छ । आज बस्ने सचिवालय बैठकले उपसमितिहरुलाई पुर्णता दिने अपेक्षा गरिएको सचिवालयका सचिव विष्णु रिमालले बताए । तर, कतिपय उपसमितिका संयोजकले आफ्नो समितिमा राख्ने सदस्यहरुको बारेमा अहिले सम्म कुनै तयारीसम्म गरेका छैनन् । आवास उपसमितिका संयोजक गंगालाल तुलाधरले महाधिवेशन तयारीका बारे अहिले आफूलाई त्यत्ति धेरै कुरा थाहा नभएको बताए । उनले भने–‘ म अहिले बाहिर अरु काममा छु, महाधिबेशन तयारी बारे त्यत्ति थाहा भएन ।’ सचिवालयलाई आफ्नो उपसमितिमा रहने हरुको नाम पनि नबुझाएको उनले बताए । निर्धारित मितिमै महाधिवेशन गर्न यस अघि सचिवालयले समय तालिका निर्धारण गरेको थियो । सो कार्य तालिका अनुसार चैत मसान्तभित्र दस्तावेज लखिसक्ने भनिएको थियो । मस्यौदा लेखन समितिले दस्तावेज लेखनको जिम्मा अध्यक्ष खनाल र महासचिव पोखरेललाई दिएको थियो । सचिव युवराज ज्ञवालीले भने–‘चैतभर दस्तावेज लेखेर मस्यौदा कमिटीलाई दिने र चार–पााच दिन कमिटीले छलफल गरेर पास गरेपछि केन्द्रिय कमिटीमा लैजाने भनिएको थियो तर अहिले सम्म पनि दस्तावेज लेखनको काम के कति भएको छ भन्ने सम्म थाहा छैन । दस्तावेज मस्यौदा कमिटीले पास गरेको दस्तावेजमा छलफल गर्नका लागि यहि बैशाख ५ गते केन्द्रिय कमिटीको बैठक डाकिएको छ । तर, अब यो २ दिनमा दस्तावेज आउाला, मस्यौदा कमिटीमा छलफल होला र केन्द्रिय कमिटीमा लैजाउाला भन्ने कुरा असम्भव भएको बताईन्छ । यो ढिलाईले ५ गते बोलाईएको केन्द्रिय कमिटीको बैठक पनि प्रभावित हुने देखिन्छ । तर,ज्ञवाली यो बैठक सारेर निर्धारित मितिमा महाधिबेशन गर्न गाहे हुने बताउाछन् । उनले भने– ‘जेठ २५ का लागि ‘टाइट’ समय राखेरै यो बैठक डाकिएको हो, बैठक सऱ्यो भने महाधिवेशन नै प्रभावित हुनसक्छ ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply