कोरोना बढेपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित
२२ पुस,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित हुने भएको छ । स्रोतका अनुसार भारतमा बढ्दो कोरोना संक्रमणका कारण प्रधानमन्त्रीले भाग लिने भनिएको ‘भाइब्रेन्ट गुजरात समिट’ स्थगित भएपछि प्रधानमन्त्रीको भ्रमण स्थगित गर्न लागिएको हो । भारतमा कोरोनाको तेस्रो लहर तीब्र बनेका कारण देउवाको भ्रमण स्थगित हुन पुगेको हो । भ्रमण स्थगित गर्ने औपचारिक निणर्य भने हुन बाँकी छ ।
देउवा यही पुस २५ गते भारत जाने तयारी थिए । देउवा सहभागी हुने भनिएको भारतको भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित भएसँगै अब तत्काललाई दिल्ली यात्रा रोकिएको हो । गुजरातमा कोभिड-१९ को संक्रमण बढेको भन्दै यो सम्मेलन स्थगित गरिएसँगै प्रधानमन्त्री भारत भ्रमणमा नजाने उनका स्वकीय सचिव भानु देउवाले बताए ।
ओमिक्रोन र कोरोनाको अर्को लहर आउन थालेपछि भाइब्रेन्ट गुजरात समिट स्थगित भएको खबर आएको छ’ देउवाले भने, ‘यससँगै तत्काललाई प्रधानमन्त्रीको भारत भ्रमण पनि स्थगित गर्ने निणर्य भएको छ ।
गुजरात सम्मेलन जनवरी १० देखि १२ सम्म चल्ने तालिका थियो । यसको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने योजना थियो । गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले पछिल्लो एक सातामा गुजरातमा कोरोना संक्रमणको अवस्थाबाट अध्ययन गर्दै उक्त सम्मेलन स्थगित गर्ने निणर्य गरेका हुन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
Leave a Reply