कोरोना बढेपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित
२२ पुस,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित हुने भएको छ । स्रोतका अनुसार भारतमा बढ्दो कोरोना संक्रमणका कारण प्रधानमन्त्रीले भाग लिने भनिएको ‘भाइब्रेन्ट गुजरात समिट’ स्थगित भएपछि प्रधानमन्त्रीको भ्रमण स्थगित गर्न लागिएको हो । भारतमा कोरोनाको तेस्रो लहर तीब्र बनेका कारण देउवाको भ्रमण स्थगित हुन पुगेको हो । भ्रमण स्थगित गर्ने औपचारिक निणर्य भने हुन बाँकी छ ।
देउवा यही पुस २५ गते भारत जाने तयारी थिए । देउवा सहभागी हुने भनिएको भारतको भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित भएसँगै अब तत्काललाई दिल्ली यात्रा रोकिएको हो । गुजरातमा कोभिड-१९ को संक्रमण बढेको भन्दै यो सम्मेलन स्थगित गरिएसँगै प्रधानमन्त्री भारत भ्रमणमा नजाने उनका स्वकीय सचिव भानु देउवाले बताए ।
ओमिक्रोन र कोरोनाको अर्को लहर आउन थालेपछि भाइब्रेन्ट गुजरात समिट स्थगित भएको खबर आएको छ’ देउवाले भने, ‘यससँगै तत्काललाई प्रधानमन्त्रीको भारत भ्रमण पनि स्थगित गर्ने निणर्य भएको छ ।
गुजरात सम्मेलन जनवरी १० देखि १२ सम्म चल्ने तालिका थियो । यसको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने योजना थियो । गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले पछिल्लो एक सातामा गुजरातमा कोरोना संक्रमणको अवस्थाबाट अध्ययन गर्दै उक्त सम्मेलन स्थगित गर्ने निणर्य गरेका हुन् ।
सम्बन्धित समाचार
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
Leave a Reply