प्रधानमन्त्री देउवा ओलीलाई भेट्न आज बालकोट जाँदै

२४पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने भएका छन् ।
आज १० बजेपछि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीलाई भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले भने, सम्माननीय प्रधानमन्त्री ज्यूले अहिले १० बजे प्रतिपक्ष दलका नेता केपी ओलीसँग उनकै निवास बालकोटमा गएर भेट गर्दै हुनुहुन्छ ।
भेटमा प्रधानमन्त्री देउवाले संसद् बैठकमा एमालेले निरन्तर गरिरहेको अवरोध खुलाउन आग्रह गर्ने बताइएको छ ।
गत मंगलबार गठबन्धनको उच्च स्तरीय राजनीतिक समन्वय समितिका संयोजक एवं कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए । बुधबार प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको समन्वय समितिको बैठकमा पौडेलले संसदको गतिरोध अन्त्यका लागि ओलीसँग छलफल गर्न प्रधानमन्त्री देउवालाई सल्लाह दिएको बताएका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply